नलगाडमा चेतनामुलक कार्यक्रम

दिपेन्द्र शर्मा
जाजरकोट २५ असार ।
जिल्लाको नलगाड नगरपालिकामा उपभोक्ता हित सम्बन्धी चेतनामूलक कार्यक्रम तथा सारोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा नलगाड नगरपालिकाको कालिमाटी बजारमा सम्पन्न भएको हो ।

कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर रावत,उपमेयर सरिता सिंह, स्थानीय व्यवसायी, स्थानीय सहरकारी संस्थाहरुका प्रतिनिधी र उद्योग तथा उपभोक्ता हित संरक्षणका कार्यालयको टिम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख तथा कार्यक्रममा सभा अध्यक्ष मान वहादुर खत्रीले उपाभोक्ता हित सम्बन्धी कानुनी व्यवस्था लगायतका विभिन्न विषयमा स्थानीय व्यावसायीहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख खत्रीले उपभोक्ता सम्बन्धी अधिकार कानुनमा भएको तर व्यवहारमा नभएको र यसलाई व्यवहारिक बनाउनु आवश्यक रहेको बताए । सामान विक्री गर्दा उपभोक्तालाई विल अनिवार्य दिने, सामान किनवेच गर्दा नाप तौल अनिवार्य गर्न स्थानीय व्यवसायी र उपभोक्तालाई आग्रह गर्नुका साथै नगरपालिकालाई समय—समयमा बजार अनुगमन गर्न समेत नगर प्रमुखलाई आग्रह गरे ।

यस्तै, व्यवसायीहरु फाईदामुखी मात्र नभई सेवामुखी बन्न आवश्यक रहेको र सामान आयात गर्दाको समयमा नै व्यवसायीले नाप तौल, मुल्य लगायतका थुप्रै विषयमा ख्याल गर्नुपर्ने नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डम्बर बहादुर रावतले बताए । उनले भने, ‘नगरपालिकाले निति तथा निमावली निर्माण गर्न साथ उपभोक्तालाई ठग्ने कुनै पनि व्यवसायीलाई कार्वाही गरिने छ ।’

घुमन्ते व्यापारिहरुका कारण स्थानीय व्यापारी मारमा परेको स्थानीय व्यवसायी मोहन विकले बताए । उनले भने ‘यदी नगरपालिकाले घुमन्ते व्यापारीहरुलाई नगरपालिका भित्र व्यापार गर्न अनुमति दिएमा हामी नगरपालिकालाई कर दिदैनौं र हामी सबै व्यापारी मिलेर नगरपालिकामा आन्दोलन समेत गर्ने छौं ।”

नलगाडमा चेतनामुलक कार्यक्रम

निर्माण भएको ६ वर्ष वित्यो, सञ्चालनमा आएन

Leave a comment

Your email address will not be published. Required fields are marked *