दहचौर स्वास्थ्य चौकीमा सुत्केरी आमाहरुका लागि तरकारीको बीउ वितरण

दिलिप ढकाल
सुर्खेत, २४ असार ।
दहचौर स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच सुत्केरी आमाहरुका लागि तरकारीको बीउ वितरण गरिएको छ । गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोग तथा दहचौर स्वास्थ्य चौकीको आयोजनामा सुत्केरी आमाहरुका लागि तरकारीको बीउ वितरण कार्यक्रम सम्पन्न भएको हो ।

गत बर्ष २०७८ श्रावण देखि हाल सम्म दहचौर स्वास्थ्य चौकीमा सुत्खेरी भएका ५७ जना आमाहरुको लागि तरकारीको बीउ वितरण गरिएको दहचौर स्वास्थ्य चौकीका प्रमुख रमेश पाण्डेले जानकारी दिनु भयो । कार्यक्रममा गुर्भाकोट नगरपालिकाका शिक्षा,स्वास्थ्य तथा कृषि शाखा का प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

पोषणयुक्त खाने कुराहरु प्रबर्दन गर्ने उदेश्यले सुत्केरी आमाहरुका लागि तरकारीको बीउ वितरण गरिएको थियो । गुर्भाकोट नगरपालिका वडा नम्बर १२ क वडा अध्यक्ष तुलसी प्रसाद शर्मा को अध्यक्षतामा सम्पन्न भएको सुत्केरी आमाहरुका लागि तरकारीको बीउ वितरण कार्यक्रम को संचालन दहचौर स्वास्थ्य चौकीका प्रमुख रमेश पाण्डेले गर्नु भएको थियो ।





