जनक शिक्षाको दाबी– सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ

काठमाडौं २४ जेठ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशका ७७ जिल्लामै पाठ्यपुस्तक पुगिसकेको दाबी गरेको छ । कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जिल्लाहरूमा पु¥याइएको लिमिटेडको भनाइ छ ।

पाठ्यपुस्तक जिल्लाहरूमा पु¥याई जेठ ५ गतेदेखि विक्री वितरणसमेत थालेको दाबी लिमिटेडको छ । कतिपय अवस्थामा स्थानीय विक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयहरूबाट समयमै नलैजाने, स्थानीय विक्री विक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्नेजस्ता कारणले विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने अवस्था देखिएको छ,’ लिमिटेडले आज सूचना निकालेर भनेको छ ।

विद्यालयहरूले पाठ्यपुस्तक प्राप्त नगरेको भएमा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक लिने व्यवस्था मिलाउन र पाठ्यपुस्तक नपाइए कक्षा र विषय खुलाई प्रादेशिक कार्यालय, स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन लिमिटेडले आग्रह गरेको छ ।            स्रोतः सेतोपाटी

जनक शिक्षाको दाबी– सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ

करणी मुद्दामा प्रतिवादी पक्राउ

जनक शिक्षाको दाबी– सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ

अमेरिका हिँडेका ८१ नेपाली मोरक्कोबाट फर्काइए

Leave a comment

Your email address will not be published. Required fields are marked *