छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं, २३ फागुन ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक शिक्षक आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

मालारानी गाउँपालिका–७ का २७ वर्षीय शिक्षक सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए ।

मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आरोपी शिक्षकलाई पक्राउ गरेको हो ।

शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2078-11-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *