नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार क्यानडासँग एकदिवसीय खेल खेल्दै

काठमाडौं,२२ असार ।

नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार क्यानडासँग एकदिवसीय खेल खेल्दैछ । खेल आज राति पौने ९ बज सुरु हुनेछ । यसअघि मंगलबारका लागि तय भएको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको थियो । यसअघि नेपालले खेलेका दुई वटा अभ्यास खेलमा जित हात पारेको थियो। नेपालले स्थानीय ओन्टारियो क्लबविरुद्ध खेलेका दुवै टी–२० खेल जितेको थियो ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरूद्धको सिरिजअघि नेपालले क्यानडा भ्रमण गरेको हो । स्कटल्यान्ड भ्रमणमा जानुअघि क्यानडामा एकदिवसीय खेल खेल्दा बलियो तयारी हुने नेपालले विश्वास गरेको छ ।

त्यसपछि नेपाली टिम स्कटल्यान्ड प्रस्थान गर्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड, नामिबिया र नेपालबीचको त्रिकोणात्मक सिरिज सिरिज आगामी असार २७ देखि सुरू हुनेछ। सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरूद्ध खेल्नेछ ।

अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । ७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ । ओमानले लिग–२ अन्तर्गतका सबै खेल खेलिसकेको छ ।

२० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ । नेपाल भन्दा तल छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन् । नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार बेहोको छ भने १ खेल बराबरी खेलेको छ ।

स्रोत :  सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार क्यानडासँग एकदिवसीय खेल खेल्दै

सरकारले आगामी आइतवार सार्वजनिक बिदा दिने निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *