जनार्दन शर्मा अर्थमन्त्रीबाट हट्नु पर्ने एमालेको अडान

काठमाडौं,२२ असार ।

प्रमुख प्रतिपक्षी नेकपा दल (एमाले) ले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मा पदबाट हट्नुपर्ने अडान राखेको छ ।शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने कुरामा सत्ता पक्ष तयार भए पनि आफूहरूको अडान शर्मा पदबाट हट्नुपर्ने रहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘उहाँहरू छानबिन समिति बनाउन तयार हुनुभएको छ तर हाम्रो सर्त उहाँको बर्खास्ती र संसदीय छानबिन हो,’ भट्टराईले भने,‘शर्मा अर्थमन्त्री रहिरहने हो भने हाम्रो विरोध जारी रहन्छ । यसअघि आजै बिहान माओवादीले शर्माबारे प्रमुख प्रतिपक्षी एमालेसँग कुराकानी गर्ने निर्णय गरेको थियो। भट्टराईले एमाले र माओवादीबीच अहिलेसम्म कुरा नभएको बताए ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बन्ने संसदीय समितिका लागि दलहरूसँग सदस्यको नाम माग गरेका छन् । बुधबार दिउँसो बानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकहरूलाई आफ्नो कार्यकक्षमा डाकेर संसदीय समिति गठन गर्न नाम मागेका हुन् ।

सभामुखले दलका सचेतकसँग अनौपचारिक छलफल गरिराख्नुभएको छ,’ प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने,‘समिति बनाउने गृहकार्यका कारण बिहान ११ बजे बोलाइएको बैठक २ बजेका लागि सरेको हो शर्मामाथि छानबिन गर्न बन्ने समितिमा को–को सदस्य रहने भन्ने जानकारी सभामुख सापकोटाले संसद बैठकमा दिनेछन् ।

स्रोत : सेतोपाटी

 

जनार्दन शर्मा अर्थमन्त्रीबाट हट्नु पर्ने एमालेको अडान

प्रदेशमाथि सिंहदरबारको अंकुश

Leave a comment

Your email address will not be published. Required fields are marked *