जीर्ण भवनमा कैदीबन्दीलाई सकस

सुर्खेत, २२ असार ।

कर्णाली प्रदेशका कारागारको भौतिक अवस्था कमजोर रहेको पाइएको छ । सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोट जिल्लाका अधिकांश जीर्ण र साँघुरा भवनमा कैदीबन्दीलाई सास्ती भएको अनुगमनका क्रममा पाइएको छ । कारागारहरूको भौतिक अवस्था कमजोर हुँदा कैदीबन्दीलाई सकस भएको हो ।

प्रदेशका विभिन्न जिल्लाका कारागारको अनुगमन गर्दै कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको रहेको पाइएको बताए । प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नु परेका समस्या बुझ्न आफू कारागारहरूको अनुगमनमा हिँडेको बताउँदै उनले यसबाट प्रतिवेदन तयार गरिने उल्लेख गरे ।

उनले अनुगमनका क्रममा कारागारहरूको अवस्था जीर्ण भएको, साँघुरा भवन हुँदा कोच्चिएर बस्नु परेको, खेलमैदान तथा मनोरञ्जनको व्यवस्था नभएको, खानेपानीको अभावजस्ता समस्या भोग्न परेको बताए । यसैबीच मुख्य न्यायाधिवक्ता श्रेष्ठले मङ्गलबार सुर्खेत कारागारको अवलोकन गरेका छन्  ।

कारागार पुगी उहाँले पुरुष तथा महिला कैदीबन्दीसँग समस्याबारे सोधपुछसमेत गर्नुभएको छ । स्वच्छ खानेपानी, स्वास्थ्य जाँच, मनोरञ्जनलगायतका सुविधाबारे उहाँले जानकारी लिनुभएको बताइएको छ । अनुगमनपछि मुख्य न्यायाधिवक्ता श्रेष्ठले सुर्खेतमा भवन साँघुरो हुँदा कैदीबन्दी कोचिएर सुत्नु परेको, दैलेखमा भवन राम्रो भए पनि खानेपानी अभाव भएको र अन्य जिल्लाका कारागारमा भवनकै समस्या रहेको बताए  ।

सुर्खेत कारागारमा अहिले कैदीबन्दी र थुनुवासहित ३७७ जना छन । तिनमा पुरुष ३३६, महिला ४१ र आश्रित बालबालिका सात जना छन् । सुर्खेत कारागारका नायब सुब्बा भुवन गौतमले कारागार भवन नयाँ भए पनि अपराध बढ्दै जाँदा कारागारमा आउने कैदीबन्दीको सङ्ख्या पनि बढ्दै गएकाले स्थान अपुग भएको बताए  ।

कारागारभित्रका पुराना भवन भत्काउने क्रम चलिरहेकाले पर्याप्त खेलमैदान तयार हुने हुँदा कैदीबन्दीलाई सहज हुने उनँको भनाइ छ । पुरुष कैदीबन्दीको तुलनामा महिला कैदीबन्दी बस्ने स्थान सहज भएको जानकारी दिँदै उनँले कारागार प्रशासन कैदीबन्दीको स्वास्थ्यलगायत व्यवस्थापकीय कार्यमा संवेदनशील रहेको उल्लेख गरे । कारागारमा अहिले लागूऔषध, जबरजस्ती करणी, कर्तव्य ज्यान र बहुविवाहका मुद्दाका कैदीबन्दी बढी छन्  ।

स्रोत :   गोरखापत्र

जीर्ण भवनमा कैदीबन्दीलाई सकस

“युवालाई सिप र पुँजी दिएर गरिखाने बनाउँछौं”

जीर्ण भवनमा कैदीबन्दीलाई सकस

कर्णाली प्रदेशसभाको स्थगित बैठक अब बिहीबार बस्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *