एनआईसी एशिया लद्युवित्तलाई ठुलो संख्यामा कर्मचारी माग

सुर्खेत, २३ जेष्ठ ।
एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा दर्ता भएको एनआइसी एशिया लद्युवित्त वित्तिय संस्था लिमिटेड बनेपाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो ।
सुपरभाईजर/बरिष्ठ सहायक (शाखा प्रबन्धक), सहायक, कनिष्ठ सहायक, परिक्षार्थी सहायक/करार सहायक पदमा संख्या नखुलाएपनि ठुलो संख्यामा कर्मचारी माग गर्दै २०७९ जेष्ठ २३ गतेको युगआव्हान राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशत गरिएको छ ।
यस लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरी देशभरि ७४ जिल्लामा २८७ शाखा कार्यालयहरु मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरी वित्तीय पहुँच नभएको ग्रामिण क्षेत्रमा संस्थाको शाखाहरु मार्फत वित्तीय सेवा सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान गरिरहेको छ ।
यस वित्तीय संस्थाको कर्णाली प्रदेश कार्यालय अन्तर्गतका शाखा कार्यालयहरुलाई देहाय बमोजिमका पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिएको छ । लिडक
आवेदन दिने अन्तिम मिति : २०७९/०३/०६ (तदनुसार June 20, 2022)
आवेदन दिनका लागि यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको वेभसाईट http://www.nicasialaghubitta.com/careers
आवेदन दिन सकिनेछ ।






