जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभियान सम्पन्न

दिपेन्द्र शर्मा
जाजरकोट,२३ जेठ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको संयुक्त आयोजनामा जिल्ला जाजरकोट भेरी नगरपालिका १ पिपेमा उक्त वडाका वडा अध्यक्ष दिपक रानाको अध्यक्षतामा ,जातिय छुवाछुत तथा भेदभाव विरुद्ध अभियान कार्यक्रम आयोजना गरीएको हो ।
नागरीक समाज जाजरकोटका अध्यक्ष तथा अभियन्ता राजेन्द्र बिक्रम शाह,यार्शन नेपाल जाजरकोटका संयोजक सहदेव बस्नेत,भेरी नगरपालिका जनप्रतिनिधिहरु ,आमा समुह, स्वास्थ्य स्वयमसेबिका र स्थानिय सर्बसाधारण सहितको करिब ९० जनाको सहभागितामा कार्यक्रम संचालन गरिएको थियो ।
जातिय छुवाछुत तथा भेदभाव विरुद्ध कानुनी प्रशिक्षण दिएको जाजरकोट जिल्ला प्रहरी कार्यालय पहरि निरक्षक पुष्कर राज पन्त ले बताए ।







