निर्धारित भाडादर भन्दा तेब्बर असुल्दै यातायात व्यवसायी

हुम्ला २२ जेठ ।
कर्णालाी करिडोरको हुुम्ला खण्डको सलीसल्लादेखि कवाडी र बाजुुराको कोल्टीसम्म निजी यातायात ब्यवासायीले निर्धारित भाडादरभन्दा तेब्बर असुुल्ने गरेको पाइएको छ ।
नीति यातायात ब्यवसायीले मनोमानी ढङ्गबाट भाडा असुुल्नुु र इन्धनको मुल्यबृद्धि भएको भन्दै सरकारी स्तरबाट निर्धारण गरिएको भाडादरभन्दा तेब्बर असुुल्ने गरेको देखिएको हो ।
यात्रुु जानकी ऐडीले सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लादेखि बाजुुराको कोल्टीसम्म गाडी भाडा दुुई हजार दुुईसय तिर्नुपरेको बताए । उक्त खण्ड ६८ किलोमिटर लम्वाई पर्छ ।
उहाँले यस हिसावले प्रतिकिलो मिटर ३२ रुपियाँभन्दा बढी भाडा तिर्नुपरेको बताए । जबकि जिल्लामा प्रमुख जिल्ला अधिकारी सीता परियारको संयोजकत्वमा बसेको बैठकले अस्थायी रुट परमिट कायम र त्यसको भाडादर यातायात ब्यवस्था कार्यालय सुुर्खेतलाई प्रतिकिलो मिटर दश रुपैयाँ दर कायम गर्ने सिफारिस गरेको थियो ।
सरकारी संयन्त्रबाट नियमपूर्वक प्रतिकिलोमिटर भाडादर कायम गर्दा सो खण्डको ६८० रुपियाँ हुन आउँछ । सरकारी दर त्यस्तो भएपनि नीजि यातायात व्यवसायीहरुले मनपरी तेब्बरभन्दा बढी असुुली गरिरहेको बताए ।
यसअघि सो खण्डमा तिनै यातायातका साधनले प्रतियात्रुु एक हजार ६ सय रुपैयाँ असुुल्ने गरेका थिए । संयुक्त बुकिङ काउण्टर सलीसल्लाले सूचना प्रकाशन गरेर सलीसल्लाबाट बाजुराको कोल्टी लगायतका ११ स्थानको नयाँ भाडा आफुुखुुसी कायम गरेको पाइएको छ ।
काउण्टरले हस्ताक्षरसहित सार्वजनिक गरेको सुूचनाअनुसार सलीसल्लाबाट बाख्रेसम्म एकसय, खच्चा दुुईसय, बालुुकुुना चारसय, मकै पाँचसय, दोमुुख एक हजार, पैमा एक हजार एकसय, कवाडी एक हजार दुुईसय रुपियाँ भाडा निर्धारण गरिएको
छ ।
सलीसल्लाबाट कवाडी ३८ किलोमिटर रहेको छ । त्यसैगरी सलीसल्लाबाट बाजुुराको धुलाचौर एक हजार सातसय, पिलुु दुई हजार र कोल्टी दुुई हजार दुुईसय रुपियाँ भाडा निर्धारण गरेर कार्यान्वयन भएको जनाएको छ । ती यातायत ब्यवसायीले पटक पटक इन्धनको मुुल्यबृद्धि हुनुु र कच्ची सडकमा गाडी गुड्ने भएको कारण भाडादर बृद्धि गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ ।
यस बारे प्रमुख जिल्ला अधिकारी परियारले कुनै पनि यातायातब्यवसायीले मनोमानी भाडादर बृद्धि गर्न नपाउने बताए । इन्धनको मुल्यबृद्धिमाथि छलफल गर्न सकिएला तर जथाभावी मुल्यबृद्धि गर्ने छुट कसैलाई नभएको उनको भनाई छ ।






