कर्णाली कोरिडोर : एक दशकमा २७ प्रतिशत मात्र प्रगति

सुर्खेत, २२ फागुन ।
सरकारको प्राथमिकताको आयोजनामा रहेको कर्णाली कोरिडोरको करिब एक दशकमा भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको आयोजनाको आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, हालसम्म २७ प्रतिशत मात्रै निर्माण गरिएकाले तोकिएको अवधिमा निर्माण सम्पन्न हुन नसक्ने निश्चितजस्तै देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू नै अहिलेको प्रगतिको आधारमा तोकिएको समयमा निर्माण सम्पन्न गर्न कठिन रहेको स्वीकार गर्छन् ।

‘निर्माणका लागि भूगोल पनि अप्ठ्यारो रहेको र बीचको समयमा भूकम्प, नाकाबन्दी, कोरोना, लकडाउनजस्ता बाधा व्यवधानले पनि निर्माणमा अवरोध पुगेको हो, त्यहीँ पनि अपेक्षा गरेअनुसार निर्माण हुन सकेन,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

कर्णाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाहेकको १ सय ४५ किमी (हिल्सा सिमिकोट सकडखण्ड ९५ किलोमिटर तथा सिमिकोट–सलिसल्ला सडक खण्ड–५०) सडक ट्र्याक निर्माण र त्यस सडकखण्डमा चारवटा पुलको निर्माण गर्ने लक्ष्य सरकारको छ ।

सरकारले आयोजनाको निर्माणका लागि ४ दशमलव १० अर्ब लागत विनियोजन गरेर काम गर्दै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हालसम्म २७ दशमलव २० प्रतिशत प्रगति रहेको हो ।

जसमा १ सय ४५ किलोमिटरमध्ये १ सय ३७ किमी ट्र्याक खुलेको छ । ४ दशमलव १० अर्ब भन्ने १ दशमलव २० अर्ब अर्थात् २९ दशमलव २६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पनि प्रगति कमजोर नै देखिएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो त्रैमासिक अवधिमा ७ दशमलव ८४ प्रतिशत मात्र प्रगति देखिएको छ भने ९ दशमलव ०२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मन्त्रालयले वार्षिक लक्ष्यअनुसार १० किमी ट्र्याक खोल्ने र १० किमी ग्राभेल गर्ने लक्ष्य राखेकोमा २ किमी मात्र ट्र्याक खोलेको छ । आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिक अवधिमा भने प्रगति केही मात्रामा सुधार देखिएको छ ।

दोस्रो त्रैमासिक अवधिमा २ दशमलव ४ किमी ट्र्याक खोल्ने र २ दशमलव ४ किमी ग्राभेल गर्ने लक्ष्य रहेकोमा १ दशमलव ३ किमी ट्र्याक निर्माण भएको छ । मन्त्रालयका अनुसार २६ दशमलव ९१ प्रतिशत मात्र प्रगति देखिएको छ भने ३३ दशमलव शून्य १ प्रतिशत वित्तीय प्रगति भएको छ ।

कर्णाली कोरिडोर : एक दशकमा २७ प्रतिशत मात्र प्रगति

आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या

कर्णाली कोरिडोर : एक दशकमा २७ प्रतिशत मात्र प्रगति

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस–टू उत्तीर्णलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *