दैलेख सुर्खेत सडकखण्ड दुई लेनकाे बनाउन माग

दैलेख  १९ साउन ।

 कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सबैभन्दा नजिकको जिल्ला दैलेख हो। दैलेखबाट प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतसम्मको सडक स्तरोन्नति भने अझै हुन सकेको छैन। प्रदेश राजधानीबाट कर्णालीका अन्य जिल्ला र रारा जाने पर्यटकहरूसमेत यही सडकखण्ड प्रयोग गर्छन्। सडकको अवस्था भने दयनीय छ। दैलेख सुर्खेत सडक खण्डलाई स्तरोन्नति गर्न दैलेख उद्योग वाणिज्य संघले माग गरेको छ।

सडक स्तरोन्नतिको माग गर्दै संघका अध्यक्ष कुलबहादुर विक र महासचिव प्रकाश पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन्। संघले दैलेख सुर्खेत सडक खण्डलाई दुई लेनको बनाउनका लागि बजेट विनियोजन गर्न माग गरेको हो। संघले प्रधानमन्त्री समक्ष दैलेख सुर्खेत सडक खण्ड दुई लेनको बनाउनुपर्ने तथा सुर्खेत दैलेख महाबु कालिकोट हुँदै नाक्चे नाङ्ला जोड्ने सडक निर्माण गर्नुपर्ने माग गरेको छ।

यस्तै दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को कार्य अघि बढिरहेको अवस्थामा कोभिडको कारण रोकिएकोले उक्त कार्यलाई तत्काल सुरु गर्न प्रधानमन्त्रीसँग माग गरिएको संघका अध्यक्ष विकले बताए। संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पुष्पलाल मध्यपहाडी राजमार्गको कालोपत्रेको काम यथाशिघ्र द्रुत गतिमा सञ्चालन गर्नुपर्ने, दैलेखमा व्यवस्थित बसपार्क नभएकोले सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्न माग गरेको छ।

यस्तै धार्मिक तथा पर्यटकीय स्थलको हिसावले महत्वपूर्ण मानिएको दैलेखको पर्यटन प्रर्वद्धन सम्वर्द्धन तथा आकस्मिक उपचार, दैवि प्रकोपको उद्धारका लागि विमानस्थलको निर्माण गर्न सरकारसमक्ष माग गरिएको संघका महासचिव प्रकाश पौडेलले बताए। दैलेख जिल्लाको कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी साना तथा मझौला उद्योग स्थापना गर्न सरकारसँग माग गरिएको महासचिव पौडेलले बताए।

अन्‍नपूर्ण

दैलेख सुर्खेत सडकखण्ड दुई लेनकाे बनाउन माग

पछिल्लाे २४ घण्टामा ७६० जनामा काेराना संक्रमण

दैलेख सुर्खेत सडकखण्ड दुई लेनकाे बनाउन माग

संघ र प्रदेश निर्वाचनः झण्डै १ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *