संघ र प्रदेश निर्वाचनः झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिने

काठमाडौं १९ साउन ।
सरकारले संघ र प्रदेशको निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रकृया अघि बढाइने बताए ।

उनले भने, केन्द्रिकृत सुरक्षा योजना बनाएर अघि बढ्छौं । झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुल्ने सम्भावनाम छ । चुनावको थ्रेटको मुल्याकंन गरेर अघि बढ्छौं ।
यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए। संघ र प्रदेशको निर्वाचन आगामी ४ मंसिरमा हुने भएको छ।
अन्नपूर्ण





