सिर्जनात्मक कार्यमा प्रेरित गर्न, विद्यालयमा बाल समूह गठन

प्रचण्ड खत्री
रुकुम पश्चिम १९ साउन ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर पाँचमा रहेको बाल बिकास आधारभुत बिद्यालय बाफिकोट ५ बडागाउँमा बालबालिका को अन्तरनिहित प्रतिभा लाई प्रस्फुटन गराउन बालबालिका लाई सिर्जनात्मक कार्यमा प्रेरित गर्ने उदश्यले विभिन्न बाल समूह गठन गरेको छ । बाल जागरण बालक्लब , बाताबरण संरक्षक क्लब ,जुनियर रेटक्रस सर्कल , नेपाल स्काउट क्लब गठन गरेको शिक्षक प्रेमकुमार पुन मगरले बताए ।

बैठकमा बालजागरण बालक्लब का अध्यक्ष शन्देस शाही को अध्यक्षता जुनियर रेडक्रस सर्कल का सचीव गणेश शेर्पालीको सञ्चालन र बिद्यालयका प्रधानाध्यापक चन्द्रप्रशाद दहाल को प्रमुख आतिथ्यता र विद्यालयमा कार्यरत अन्य शिक्षक हरुको उपस्थितीमा बैठक बसेर बाल समुह गठन गरेको बताएको छ ।
बैठकले बिधालयलाई समाजको ऐनाका रुपमा चिनाउन र पठनपाठन सङै सिर्जनात्मक कृयाकलाप लाई अगाडि बढाउन निम्नानुसार का निर्णय गरेको छ।

विद्यालय हाताभित्र शिक्षक स्टाफ बिच शिक्षक बिद्यार्थी बिच तपाईं भाषा को प्रयोग गर्ने ,विद्यालयलाइ प्लास्टिक मुक्त गरि हरित विद्यालय बनाउने , क्लबका कार्यक्षेत्र हरु तोकिएको र सो अनुसार अतिरिक्त कृयाकलाप बिभाग को सिर्जनात्मकतामा विद्यार्थी लाई परिचालित गरिने , कक्षा क्याप्टेन बिधालय क्याप्टेन र मनिटर को ब्यवस्थापन गर्ने निर्णय गरेको शिक्षक पुनले बताए ।






