युवा नेता घर्तीको रक्तदानले एक महिलाको ज्यान बच्यो

वसन्त कुमार शर्मा
कुमाख (सल्यान), १९ फागुन ।
कुमाख गाउँपालिका वडा नं. ६ बडागाउँ कि तुलसा सार्कीलाई अत्याधिक रक्त स्राव भएपछि उपचारका लागि सल्यान जिल्ला अस्पताल पु¥याइयो ।
इमर्जेन्सी कक्षमा राखेर उपचार गर्दा एक प्वाईन्ट रगत पाईसकेको तर उपचारको क्रम पुन एबी पोजेटिम समूहको ब्लड चाहिएको थियो । अस्पताल उक्त समुहको रगत नहँुदा अस्पताल सुरक्षार्थ खटिएका प्रहरी हवल्दार लक्ष्मणले कर्णाली प्रदेश मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमनारायण बिकलाई जानकारी गराए ।
‘दाइ बिरामीको अवस्था गम्भीर छ एबी पोजेटिम रगत चाहियो’ भन्दै खबर आयो, खबर पाउँने बितिकै उहाँले एक छिन मन भारी हुँदै सामाजिक सञ्जालमा उक्त समुहको रगत दान गर्ने ब्यक्ति चाहियो भनेर जानकारी गराउनु भएको थियोे ।
एकै छिन पछि युवा नेता प्रबिन घर्तीले रगत दान गर्ने ब्यक्ति अनेरास्ववियुका केन्द्रिय स्थायी कमिटी सदस्य कर्णाली प्रदेशका अध्यक्ष घनश्याम पुनलाई लगेर अस्पताल पुगेर बिरामीको अवस्था हेरफेर गरेर रगत दान गरिएको थियो ।
रक्तदान गर्नुभएका घनश्याम पुनले सेवा नै धर्म हो त्यसमा पनि कसैको जीवन बचाउने कुरा साँच्चिकै महान हुने बताउँदै रक्तदान नै जीवन दान भएकाले यो कार्य सधैं गर्ने, नेता भैइसकेपछि हरेक दुरदराजमा समस्या सङ्ग लड्ने सबै सङ्ग हातेमालो गरेर अगाडि बढेपछि मात्र सबैको प्यारो मान्छे बन्न सकिने बताए ।
उपचारमा सङ्गलगन जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर अभिषेक सिंहका अनुसार बिरामीलाई तत्काल रगत दिनुपर्ने भएता पनि बिरामीमा एक्कासी १०२.२ डिग्री अत्याधिक ज्वरो देखा परेको हँुदा अहिले बिरामीलाई ज्वरोको उपचार गरिरहेकाले केही समय पछि अलि ज्वरो कम हुन बित्तिकै रगत चढाउने पहिले भन्दा अहिले बिरामीको स्वास्थ्यमा केही सुधार भएको जानकारी दिनुभएको छ ।






