खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा थापा

सुर्खेत, १९ फागुन ।
नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको अध्यक्षमा सुरज थापा चयन भएका छन् । बुधबार कर्णाली प्रदेश राजधानी वीरन्द्रनगरमा सम्पन्न महासंघको पहिलो अधिवेशनले थापाकोे अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित थापा यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थिए । डम्मरबहादुर शाहि र भिम कुमारी भुसाल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै पंखबहादुर मल्ल सचिव चयन भए भने प्रकाश बस्नेत र पदम रावत उपसचिवमा निर्वाचित भए । रबिन्द्र शाहि कोषाध्यक्ष निर्वाचित भए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथग्रहण गराएका हुन् ।

शुभकामना मन्तव्यको क्रममा बस्नेतले खेलक्षेत्रमा नीतिगत सुधार, भौतिक पूर्वाधारको निर्माण तथा सुधार एवं खेलाडी तथा खेल प्राविधिकको क्षमता बृद्धिका लागि महासंघ प्रयत्नशील रहेको बताए ।

मन्तब्यको क्रममा बोल्दै नव निर्वाचित अध्यष्क्ष थापाले राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न पनि खेलकुदको विकास अपरिहार्य रहेको बताए । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्नेमा बिश्वस्त रहेको बताएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटा, नेकपा एमाले स्थाइ कमिटि सदस्य गोरख बोगटि, नेकपा एमाले केन्दिय सदस्य रमेश पौडेल लगायतको उपस्थीति रहेको थियो ।

खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा थापा

एमाले गुर्भाकोटमा निर्वाचन केन्द्रीत प्रशिक्षण भेला

खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा थापा

कर्णालीका आयोजनामा एमालेको अंकुश, टुक्रे आयोजनाको ८३

Leave a comment

Your email address will not be published. Required fields are marked *