बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

जाजरकोट,१६ कार्तिक ।
जाजरकोटको भेरी नगरपालिकाका ३८ वर्षका लोक बहादुर रोकायलाई उच्च अदालत तुलसीपुर नेपालगंज ईजलासको अनुमतिमा प्रहरी चौकी कुदु जाजरकोटबाट खटीएको प्रहरी टोलीले प्रकाउ गरेको हो ।

कात्तिक ३ गतेको आदेशले बैंकिङ सम्बन्धि कसुर मुद्दामा पक्राउ गर्न अनुमति दिएकोले प्रहरी चौकी कुदु जाजरकोटबाट खटीएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा कात्तिक १६ गते निजलाई आफ्नै घर वतनमा हिडि रहेको अवस्थामा पक्राउ गरी ई.प्र.का.कोहलपुर बाँकेको जिम्मा लगाईएको प्रहरि चौकि कुदु जाजरकोटले जनाएको छ ।






