भेरीगंगा कासिपुरमा मोटरसाइकल दुर्घटना हुँदा घाईते भएका दुइ जनाको मृत्यु

दिलिप ढकाल
भेरिगंगा,१६ कात्तिक ।
जिल्लाको भेरिगंगा नगरपालिका वडा नम्बर ११ स्थित कासिपुर नजिकै मोटेरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ८ः५५ बजे को समयमा मोटरसाईकल दुर्घटनामा परेको हो। छिन्चुबाट रुकुमतर्फ जाँदै गरेको भे १२ प ६४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कल्भडमा ठक्कर खाँदा दुर्घटनामा भएको थियो।
दुर्घटनामा रुकुमपश्चिम आठबिसकोट नगरपालिका ११ का अन्दाजी ३५ बर्षीय विशाल मल्ल र ३०–३२ बर्षिया कर्णबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते दुर्व जनालाई मेहेलकुना अस्पताल सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेततर्फ पठाईएको थियो। प्रहरीका अनुसार उनको शव शव गृहमा राखिएको छ भने मोटरसाइकलमा सवार दुवैको टाउको, खुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको थियो ।
हाल मृतक दुवै जनाको शव प्रदेश अस्पताल कालागाउ सुर्खेतमा राखिएको र कानुनि प्रक्रिया पुर्याएर शव परिवारलाई बुझाइने प्रहरीले बताएको छ।






