सुर्खेतका ४६ बस्तीमा बिजुली पुरयाइँदै

सुर्खेत, १९ माघ ।
नेपाल विद्युत प्राधिकरणले सुर्खेतमा विद्युतीकरणलाई तीव्रता दिएको छ । गाउँ–गाउँमा विद्युत विस्तार गर्ने योजनाका साथ प्राविधिकरणले एकैपटक सुर्खेतका ४६ भन्दा बढी गाउँमा बिजुली पु¥याउन लागेको हो । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तरगत जिल्लाका ति बस्तीहरुमा विद्युतीकरण गरिने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

जसमध्ये सुर्खेतको पश्चिम क्षेत्रमा विजौरादेखि लगामसम्म विद्युतीकरण गरिनेछ । लगाम सुर्खेतको सबैभन्दा दुर्गम क्षेत्र मानिन्छ । त्यहाँ चालु आर्थिक बर्षभित्र ११ केभीए लाइन विस्तार गरिने सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिए। त्यस्तै सिम्ता गाउँपालिका विभिन्न सात वटा गाउँमा विद्युत विस्तार गर्न लागिएको छ ।

गाउँपालिकाको वडा नं. ६ अन्तरगतका चौर, लिसाडाँडा, गुमाने हुँदै गोमी, गजौडा, दमेना, आलीदेखि बजेडाआलीसम्म लाइन विस्तार गर्न लागिएको हो । चालु आर्थिक बर्षभित्रै जिल्लाका गुर्भाकोट नगरपालिकाका विभिन्न पाँच वटा बस्तीमा विद्युतीकरण गरिनेछ । वडा नं. १ को भुल्के हुँदै राम्रीकाँडा, वडा नं. ९ को बोटेचौरबाट भानुखोला र नाडेकोटमा पनि चालु आर्थिक बर्षमै विद्युत लाइन विस्तार गरिने सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

त्यस्तै भेरीगंगा नगरपालिकाका विभिन्न १९ वटा बस्तीमा विद्युतीरकण गर्न लागिएको छ । वडा नं. ८ अन्तरगतका धारापानीबाट भण्डारीटोलसम्म, झिङनी खोला ठूलोपानी, राजीगाउ, पाँडुले, ठकुरीटोल, मदानेचौर, श्रीचौर र बेल्चौर, वडा नं. ७ को रामघाट हुँदै वडा नं. ६ को पुरनघाटमा विद्युत पु¥याइने छ । त्यहाँका गोलखट्टा, टिम्मुरकोट, रानीगाउँ हुँदै जीते, साल्डाँडा, भुजेलडाँडा, लामीडाँडा, धारापानी र निगालपानीसम्म लाइन विस्तार गर्न लागिएको हो ।

त्यस्तै पञ्चपुरीको च्यूरीखेतदेखि हाँसेगाउँ, बराहताल गाउँपालिकाको वडा नं. ८ भट्टेघारीदेखि चेपाङसम्म, जनज्योति स्कुलदेखि गिद्धमारे, साजपानी, उँदोखोला, कुनाखेत, धुलेचौर र दमारटोल लगायतका क्षेत्रमा पनि लाइन विस्तार गर्ने लागिएको हो । यस्तै वीरेन्द्रनगरको अमृतडाँडादेखि देउतीबज्यै, ढोडेखाली नौलोकटेज नजिक, बुद्धबुद्धीमा पनि ११ केभीए विद्युतलाइन विस्तार गरिनेछ ।

चालु आर्थिक बर्षभित्र ति गाउँहरुमा विद्युतीकरण गर्नका लागि लागि ठेक्का प्रक्रिया थालिएको छ । विद्युतीकरणका लागि वितरण केन्द्रले आइतबार मात्र बोलपत्र आह्वान गरेको छ । १५ दिनभित्र बोलपत्र पेश भइसक्ने र त्यसपछि मात्रै ठेक्का प्रक्रिया सुरु गर्ने वितरण केन्द्रले जनाएको छ ।

विद्युतीकरणका लागि सात करोड बजेट
विद्युतीकरणका प्राधिकरणले सात करोड बजेट विनियोजना गरेको छ । जसमध्ये विजौराबाट लगामसम्म लाइन विस्तारका लागि ८५ लाख, सिम्ता गाउँपालिका क्षेत्रभित्र विद्युतीकरण र ट्रान्सफर्मरका लागि २५ लाख, वीरेन्द्रनगरका विभिन्न बस्तीमा लाइन विस्तार र ट्रान्सफर्मरका लागि एक करोड १५ लाख, गुर्भाकोट नगरपालिका क्षेत्रका लागि ७३ लाख, बराहताल क्षेत्रका लागि एक करोड २५ लाख, पञ्चपुरीको लागि ८५ लाख, भेरीगंगा नगरपालिका क्षेत्रमा दुई वटा आयोजनाका लागि एक करोड एक लाख विनियोजन भएको छ । उल्लेखित बजेट लाइन विस्तार, ट्रान्सफर्मर र पोल र तार खरिद तथा मजदुरको ज्यालामा खर्च गरिनेछ ।

दर्जन स्थानमा ट्रान्सफर्मर राखिदै
सुर्खेतमा विद्युतीकरणका लागि दर्जनभन्दा बढी स्थानमा ट्रान्सफर्मर राखिने भएको छ । सिम्ता गाउँपालिकाको वडा नं. ५ बजेडाआलीमा, गुर्भाकोटको वडा नं. ८ को वडा कार्यालय, भण्डारीटोल, कुइने र तल्लो झिङ्नी, वडा नं १ को राम्रीकाँडामा ट्रान्सफर्मर राखिने छ । त्यस्तै भेरीगंगाभित्र रामघाट, गोप्रे, गोलखट, टिम्मुरे, बराहतालको गिद्धमारे र साजपानीमा पनि ट्रान्सफर्मर राखिने सुर्खेत वितरण केन्द्रले जनाएको छ । ती स्थानमा चालु आर्थिक बर्षभित्रै ट्रान्सफर्मर राखिने छ । ट्रान्सफर्मर राख्नको लागि पनि वितरण केन्द्रले आइतबार नै बोलपत्र आह्वान गरिसकेको छ ।

सुर्खेतका ४६ बस्तीमा बिजुली पुरयाइँदै

मृत्यु भइसकेका व्यक्तिलाई जन्मकैदको फैसला !

सुर्खेतका ४६ बस्तीमा बिजुली पुरयाइँदै

गिरी राप्रपा केन्द्रीय उपाध्यक्षमा मनोनित

Leave a comment

Your email address will not be published. Required fields are marked *