बैतडीमा एक युवती मृत र किशोरी घाइते फेला

बैतडी,१५मंसिर

बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेका छन् । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन्।

यस्तै दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी हुन्। मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका हुन् ।

उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका थिए। सो दिन घर उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको थियो। खोजीकार्यकै क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए।

फेला परेपछि घाइते नेहाको उपचारका लागि पठाइएको छ। अहिले प्रहरी टोलीले घटनास्थल कार्य गरिरहेको छ। उनीहरूको हत्यारा पत्ता लगाउन घटनाको सुक्ष्म तरिकाले अनुसन्धान सुरू गरिने प्रहरी निरिक्षक जोशीले जानकारी दिए ।
सेतोपाटी

बैतडीमा एक युवती मृत र किशोरी घाइते फेला

म्यादी प्रहरीलाई गाली गरी भिडिओ हालेको आरोपमा

बैतडीमा एक युवती मृत र किशोरी घाइते फेला

भारतीय पत्रकार रविश कुमारले दिए एनडिटिभीबाट राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *