माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गयो : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीमा पहिचानको संकट आउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
अध्यक्ष प्रचण्डले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे।
जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन भन्ने लागको पनि आफूले बुझेको प्रचण्डले बताए। तर, माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको बताए।
समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको बताए।
उनले पहिले माओवादीले जनतासँगै रहेर खेतिपातीको काम गर्ने, जनता बिरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए।






