अबको पत्रकारिता सवल र शसक्त नागरिक निर्माणतर्फ लाग्नुपर्दछ ः अध्यक्ष पोख्ररेल

काठमाडौ, १८ जेठ

हरेक व्यक्तिलाई सवल बनाउने पत्रकारिता अबको आवश्यकता भएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले बताएका छन्।

अप्टिमिस्ट इन्टरनेशनल नेपालले मंगलबार राजधानीमा आयोजना गरेको ‘कन्स्ट्रक्टिभ जर्नलिज्म’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले सवल र शसक्त नागरिक निर्माणतर्फ मिडियाले काम गर्ने बेला आएको उनको भनाई छ ।

पछिल्लो समयमा प्रविधिको व्यापकता र सहजता भएसँगै आवाजबिहिनको आवाजमा मात्र मिडिया लाग्न नहुने उनले बताए । पछिल्लो समय नेपालमा पनि प्रविधिको व्यापकता भइसकेको छ, इन्टरनेटमाथि नागरिकको पहुँच स्थापित भइसकेको छ ।

यस्तो अवस्थामा आवाजहिनको आवाज दिनका लागि मात्र मिडियाको आवश्यकता नपर्न सक्छ’, पोखरेलले भने, ‘हामीले हिजोआज सामाजिक सञ्जालबाट पनि समाचारहरू पाइरहेका हुन्छौ। त्यसैले संबिधानमा व्यवस्था भएको मौलिक हकको उपयोग गर्दै नागरिकहरु शसक्त भएका छन् कि छैनन् भन्ने कुराको अनुगमन र खबरदारी गर्ने दिशामा अबको पत्रकारिता जानुपर्छ।’

प्रविधिको तिब्र विकास भएसँगै अबको पत्रकारिता ‘आवाजहिनको आवाज’ भन्ने भाष्यमा मात्र सिमित हुन नहुने उनले जिकिर गरे । उनले अबको पत्रकारिता ‘सवल र शसक्त नागरिक निर्माणका लागि मिडियाले काम गर्छ’ भन्ने भाष्यतर्फ उन्मुख हुनुपर्ने बताए।

सकारात्मक परिवर्तनको अपेक्षाका साथ गरिने पत्रकारिताले कहिलेकाही नकारात्मक विषय उठान गरेको भान पर्न सक्ने पनि पोख्रेलले बताए। त्यस्तो समाचारले ल्याउने सकारात्मक परिणामका बारेमा पनि सञ्चार उपभोक्ताले ध्यान दिनुपर्ने उनले बताए ।

त्यसैगरी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहालले नेपाली पत्रकारिता क्षेत्रले परिवर्तन खोजिरहेको बताए । पत्रकारिता क्षेत्रमा लगानीकर्ताको संख्या बढ्दै जाँदा अब मिडियामा लगानीकर्ताको प्रभाव पर्नसक्ने तर्फ संकेत गर्दै उनले त्यसबाट जोगिन चुनौति रहेको औल्याए ।

दाहालले पत्रकारिता क्षेत्रले निमुखाको आवाज बोलिरहेको छ कि स्वार्थ समूहको? भन्ने सवाल उठ्ने गरेकोतर्फ पत्रकारिता आफैले गम्भीर समिक्षा गर्न आवश्यक भएको समेत बताए ।

‘१९९० को दशकपछि विकास पत्रकारिताको कुरा शुरुवात भयो, त्यसपछि क्रमशः विट पत्रकारिताको विकास हुँदै गयो, शान्ति पत्रकारिता, समाधानमुखी पत्रकारिता हुँदै हामी यहाँसम्म आएका छौं,’ दाहालले भने,अवको समयमा कन्स्ट्रक्टिभ जर्नलिज्मको नाममा पत्रकारितामा आबश्यक ठानिन थालिएको परिवर्तनलाई अगाडि बढाउन सकिन्छ ।

उनले राज्यका काम कारबाहीका बारेमा समिक्षा गर्नसक्ने पत्रकारिता अबको आबश्यकता रहेकोमा जोड दिए । उनले यस्तो पत्रकारिताले विनिर्माणको अभियानलाई समेत सहयोग पुराउने बताए । यस्तै बरिष्ठ पत्रकार प्रकाश रिमालले कन्स्ट्रक्टिभ जर्नलिज्ममार्फत समाज र राष्ट्रलाई योगदान पु¥याउने दायित्व पत्रकारले बहन गर्नुपर्नेमा जोड दिए।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्फेवाले पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताइन् । अप्टिमिस्ट इन्टरनेशनल नेपालले आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिभा पौडलले कन्स्ट्रक्टिभ जर्नलिज्म अबधारणाका बारेमा चर्चा गरेकी थिइन् ।

संस्थाका गभर्नर उदय निरौलाले कन्स्ट्रक्टिभ जर्नलिज्मको अबधारणा अगाडि सार्नुका औचित्यमाथि प्रकाश पारेका थिए । त्यसैगरी संस्थाका तर्फबाट अप्टिमिस्ट क्लब अफ काठमाडौंका अध्यक्ष पृथ्वीराज थापाले संस्थाको चिनारी र गतिबिधिका बारेमा जानकारी गराएका थिए ।

स्रोत ः सेतोपाटी

अबको पत्रकारिता सवल र शसक्त नागरिक निर्माणतर्फ लाग्नुपर्दछ ः अध्यक्ष पोख्ररेल

जुम्लाको पाटन क्षेत्रमा यार्सा सङ्कलन गर्नेको भिड

Leave a comment

Your email address will not be published. Required fields are marked *