मुगुको छायानाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने

 

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने भएको छ ।

नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा क्षेत्रमा असर पर्ने भन्दै आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अध्यक्ष भामका अनुसार शनिबारबाहेक अन्य दिन बिदा गर्दा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरिएको हो ।

 

मुगुको छायानाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने

वृद्धभत्ता एमालेको ‘ब्राण्ड’ : सुरेन्द्र पाण्डे

मुगुको छायानाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने

कर्णालीमा पुस्तक ढुवानी प्रभावित

Leave a comment

Your email address will not be published. Required fields are marked *