सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोना संक्रमणमा उच्च जोखिम

काठमाडौं : सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेका डाक्टरहरूले बताएका छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम बढी हुने गर्छ ।

सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटुमा गम्भीर असर पुर्‍याएको छ। अहिले धेरैजसो संक्रमितलाई फोक्सोमा समस्या आई अक्सिजन दिनुपरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्सन नेपालले आज आयोजित ‘कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाऊँ’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको र सङ्क्रमणले झनै असर गर्ने गरेको बताए ।

उनले अहिले सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले सेवन छाड्नुपर्ने बताए । उनका अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटमा नै मुटुको धड्कनमा सुधार आउने समेत बताए।

यस्तै धुम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोन मोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो श्वासमा सुधार आउँछ। यसैगरी १० वर्षभित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्षभित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावनासमेत घट्छ ।

नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिष्ट डा ओममुक्ति अनिलले अहिले कोभिड–१९ का कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताए। उनले अहिले घटिरहेको सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले दिनमा एक दुई वटा चुरोट खाँदा पनि हृदयाघात, फोक्सोमा क्यान्सर जस्ता समस्या देखिएको जानकारी दिए। युवा अवस्थामा नै सुर्तीजन्य पदार्थको सेवन छाड्न सके स्वास्थ्यलाई फाइदा हुने उनको भनाइ छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोना संक्रमणमा उच्च जोखिम

विश्वकप छनोट : तीन खेलमा नेपालका सामु

सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोना संक्रमणमा उच्च जोखिम

११४ जनाको मृत्यु, ४७ सय ६२ संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *