सुदूरपश्चिमका तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सात जनालाई कारबाही सिफारिस

नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका तीन मन्त्री, तीन राज्यमन्त्री र सचेतकसमेत गरेर सात जनालाई कारबाहीको सिफारिस गरेको छ।

प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले स्पष्टीकरणको जवाफ नआएपछि आवश्यक कारवाहीका लागि केन्द्रमा सिफारिस गरिएको जानकारी दिए।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

त्यस्तै एमाले प्रदेशसभाकी सचेतक दुर्गाकुमारी कामीलाई पनि कारबाहीको सिफारिस गरेको उनले जानकारी दिए। उनका अनुसार भोलि बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकले यसबारे आवश्यक निर्णय लिनेछ।

एमालेले यसअघि प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रकाश शाह, कृष्णराज सुवेदी र माया भट्टलाई पनि कारवाहीका लागि सिफारिस गरिसकेको छ।

सुदूरपश्चिमका तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सात जनालाई कारबाही सिफारिस

संसद अधिवेशन बोलाउन माग

Leave a comment

Your email address will not be published. Required fields are marked *