घाँजरी–खलंगा सडकको संसद शाहद्वारा उद्घाटन
दुर्गा विसी
सल्लीबजार, १८ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ६ र ७ का स्थानीयलाई सिधा सदरमुकाम जाने सडकको प्रदेश संसद गुलाव जंग शाहले उद्घाटन गर्नु भएको छ । आँपखोली, मैदुपोखरी, लेखसंग्रही, पाखापानी, सोरा, जयतपानि हँुदै सल्यान खलंगा जाने सडकको उद्घाटन गरिएको छ ।
जनता सडक अन्तर्गतको ४ करोड लागतमा १४ किलोमिटर सडकको ८ मिटर चौडाइ रहेको छ । भौतिक पुर्वाधार कार्यालय सल्यान र महत वानिया जेभि विच भ्याटसहित ४ करोड लागतमा आर्थिक वर्ष ०७५÷०७६ वजेटको संयुक्त रकममा सो योजनाको काम श्रावण मसान्तमा सम्झौता भएको थियो ।
उक्त काम सम्झौता मिति भन्दा दुई महिना अगावै सम्पन्न भएको कन्टक्सक्नका लक्ष्मण वुढाथोकीको भनाई रहेको छ । यहाँका जनताको अर्को एउटा सपना पूरा भएको संसद शाहको भनाई रहेको छ । ८ मिटर सडक चौडाइसँगै १४ किमि सडकको ट्याक खुलेपछि अब स्तरवृद्धि समेत हुने जनाएको छ ।
कर्णाली प्रदेश सरकारको जनता सडक कार्यक्रम अन्तर्गत संसद शाहको विशेष पहलमा उक्त सडकले प्राथमिकता पाएको हो । सडक उद्घाटन कार्यक्रम नगर प्रमुख गोविन्द कुमार पुन, समन्वय समिति सदस्य आशा वली, वडा अध्यक्ष विनायक केसी, भौतिक पुर्वाधार कार्यालयका प्रमुख विनोद पुन र स्थानीयहरुको उपस्थित रहेको थियोे ।