अध्यक्ष केसिको व्यवहार प्रति नेकपा ओलि समुहको आपत्ति
दुर्गा विसि, सल्यान १८ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका नवगठित गाउँ कमिटी सचिव दिपक रोकाय र ३ नं वडा अध्यक्ष देवकुमार रोकाय माथि दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीद्धारा ज्यान मार्ने धम्की दिइएको प्रति नेकपा सल्यानले कडा रुपमा प्रतिवाद गरेको छ ।
नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनद्वारा जारि विज्ञप्तिमा अध्यक्ष केसिले घरमै पुगि ज्यानै लिने धम्की दिएको उल्लेख गरेका छन् ।