भेरी दोभानको प्रथम साधारण सभा सम्पन्न

प्रचण्ड खत्री
रुकुम पश्चिम, १८ माघ ।
रुकुम पश्चिम भेरीदोभान साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सानीभेरी गाउँपालिका १ को वडा कार्यालय चाइनाबगरमा सम्पन्न भएको छ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष शेरबहादुर पुनले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक बर्ष २०७७÷०७८ का लागि निति तथा कार्यक्रमहरु सम्मान कार्यक्रम, सहकारी पसल, ऋणी सदस्य बिमा, संस्था हस्तान्तरण प्रतिवेदन प्रस्तुत गरिएको बताएको छ ।
त्यस्तै संस्थाको परिकल्पना तर्फ संख्यातमक बढाउने योजना, कारोबार आधारित बृद्धि योजना, संस्थागत सुदृढिकरण योजना, कार्यविधिमा संशोधन प्रस्ताब, लेखा परिक्षक नियुक्ति सम्बन्धमा सञ्चालक समिति तथा अन्य समिति चयन सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरिएको कृषि सहकारीले जनाएको छ ।
कार्यक्रममा संस्थाका कर्मचारी एवं सञ्चालक समितिका सदस्य सचिबको तर्फबाट आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक लेखा परिक्षण प्रतिबेदन तथा आर्थिक बर्ष २०७७÷०७८ को प्रस्तावित कार्यक्रम तथा बजेट प्रतिबेदन प्रस्तुत सहकारी संस्था प्रवन्धक गौरी बुढाथोकीले गरेका थिए । साधारण सभामा शुभकामना ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष पुनले सभामा न्युन सहभागिता रहेकाले यस्तो नगर्न सुझाब दिए । ४०६ जना शेयर सदस्य रहेको संस्थामा ५० जनाको सहभागिता हुनुभनेको राम्रो शन्देश नजाने बताए । अध्यक्ष पुनका अनुसार अर्काे सभामा पनि यसरी नै न्युन सहभागिता भएमा संस्था नै खारेज गरिदिने चेतावनी समेत दिए ।
सहकारी संस्थाका अध्यक्ष शेरबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनको प्रमुख आथित्यता रहेको थियो ।





