प्रदेश सभाको दोश्रो वार्षिकोत्सव मनाउँदै कर्णाली 

सुर्खेत, १८ माघ ।

कर्णाली प्रदेश सभाले प्रदेश सभा स्थापनाको अवसरमा दोश्रो वार्षिकउत्सव मनाउने भएको छ । आगामी माघ २१ गते प्रदेश प्रमुख गोविन्द कलौनीको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषेश आतिथ्यतामा उत्सव मनाइने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार आजबाट सचिवालयका कर्मचारी र पदाधिकारीबाट मैत्रीपूर्ण व्याटमिण्टन प्रतियोगिताको आयोजना गरिएको छ ।

विभिन्न ९ वटा टिम रहेको प्रतियोगिताको उदघाटन सभामुख राजबहादुर शाहीले गरेका छन् । ‘संघीयताको मुल आधार प्रदेश संरचना हो । यसको जन्मदिनलाई विशेष बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ सभामुख शाहीले भने, ‘यसलाई बलियो बनाएर लिन सकिएको खण्डमा कर्णाली जस्तो विकट क्षेत्रले न्याय पाउँछ ।’

प्रदेश सभाको दोश्रो वार्षिकोत्सव मनाउँदै कर्णाली 

‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाकाे

प्रदेश सभाको दोश्रो वार्षिकोत्सव मनाउँदै कर्णाली 

भेरी दोभानको प्रथम साधारण सभा सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *