सहिद सप्ताहको अवर पारेर भलिबल खेल

सुर्खेत, १८ माघ ।
सुर्खेत सिम्ता गाउँपालिका वडा ९ खानिखोलामा भलिबल खेल आयोजना गरिएको छ । उक्त अवसरमा भएको भलिबल प्रतियोगितामा उपाधी शुभ लक्ष्मी युवा क्लव पशुनाउला सिम्ता–९ खानीखोला सुर्खेतले हात पारेको छ । सहिद सप्ताहको अवसरमा आयोजना गरेको वडा स्तरिय मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक शुभ लक्ष्मीले हात पारेको छ ।
फाइनलमा नवदिप युथ क्ल्ब सिम्ता–९ चोल्पालाई हराउँदै शुभ लक्ष्मीले उपाधी हात पारेको हो । प्रतियोगिताको बिजेता शुभ लक्ष्मीले १० हजार सहित मेडल र प्रमाणपत्र र उप–बिजेता नवदिपले ७ हजार सहित मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक शुभ लक्ष्मिका कमल रेग्मी घोषित भएका छन् ।
उत्कृष्ट अनुशासन खेलाडी नवदिप युथ क्लबका बिजय नेपाली भएका छन् । बिजेता खेलाडीलाई पुरुस्कार बितरण गर्दै नेकपा जिल्ला कमिटी सदस्य प्रमुख अतिथि प्रेम बहादुर सुनारले भलिबललाई सरकारले राष्ट्रिय खेलको रुपमा विकास गरेकाले अनुशाशित रहेर खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे ।
त्यस्तै विशेष अतिथि लक्ष्मी प्राथमिक विद्यालयका प्रधानाध्यापक अमरसिंह रेग्मीले खेलकुद नै राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले संधै इमान्दारी र अनुशासनमा रहेर खेल प्रदर्सन गर्न खेलाडीलाई सुझाव दिए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजन महिला सशक्तिकरण मञ्च पशुनाउला, सह–प्रायोजन लेकबेशी सामुदायिक वन समिति पशुनाउला र सिर्जनशील महिला समूह पशुनाउलाले गरेका थिए । समापन समाहरोहमा खेलकुद प्रतियोगिता अबधिसम्म सहयोग गर्ने सहयोगिदातालाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।


