२०८३ आश्विन १७ गते
×

Now Playing

भलिवल प्रतियोगिताको विजयी शुभ लक्ष्मी बन्यो

सुर्खेत, १८ माघ ।
सिम्ता गाउँपालिका वडा ९ खानिखोलामा शहिद सप्ताहको अवसर पारेर भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा उपाधी शुभ लक्ष्मी युवा क्ल्ब पशुनाउला सिम्ता ९ खानिखोला सुर्खेतले हात पारेको हो ।
शहिद सप्ताहको अवसरमा आयोजना गरेको वडा स्तरिय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक शुभ लक्ष्मीले हात पारेको छ । फाइनलमा नवदिप युथ क्ल्ब सिम्ता ९ चोल्पालाइ हराउदै शुभ लक्ष्मिले नगद रु १० हजार सहित मेडल र प्रमाणपत्र र उपबिजेता नवदिपले ७ हजार सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक शुभ लक्ष्मिका कमल रेग्मी घोषित भएका छन भने उत्कृष्ट अनुशासन खेलाडी नवदिप युथ क्लबका बिजय नेपाली भएका छन । बिजेता खेलाडिलाइ पुरुस्कार बितरण गर्दै नेकपा जिल्ला कमिटी सदस्य प्रेमबहादुर सुनारले भलिबललाई सरकारले राष्ट्रिय खेलको रुपमा बिकास गरेकाले अनुशासित रुपमा रहेर खेल खेल्न खेलाडिहरुलाइ आग्रह गरे । लक्ष्मी प्राथमिक बिधालयका प्रधानाध्यापक अमरसिंह रेग्मिले खेलकुद नै राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले सधै इमान्दारी र अनुशासनमा रहेर खेल प्रदर्सन गर्न खेलाडीलाइ सुझाब दिए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

भलिवल प्रतियोगिताको विजयी शुभ लक्ष्मी बन्यो

सहिद सप्ताहको अवर पारेर भलिबल खेल

भलिवल प्रतियोगिताको विजयी शुभ लक्ष्मी बन्यो

राजनीति र विकासलाई जोड्न सके जनताको मुहार

Leave a comment

Your email address will not be published. Required fields are marked *