२०८२ बैशाख १७ गते
×

Now Playing

राजनीति र विकासलाई जोड्न सके जनताको मुहार फेरिन्छ : प्रदेश सांसद शाह

दुर्गा विसि
सल्लीबजार, १८ माघ ।
संधै राजनीतिक तिक्तताको कुरा गर्ने नेताहरु राजनीतिलाई भन्दा विकासका कुरामा धेरै धारणा राखेको यो पहिलो कार्यक्रम हो । नेकपा बनगाड कुपिण्डे नगरपालिका वडा ७ को वडा भेलालाई सम्वोधन गर्दै नेकपा केन्द्रीय सदस्य गुलाव जंग शाहले विकास र राजनीतिलाइसँगसँगै लिन सके यसले नागरिक मुहार फेरिने उहाँको भनाइ रहेको थियोे ।

वडा भेलासँगै केही समय मागेर आफ्नै जन्मभुमि विचबाट सदरमुकाम जाने सडक उद्घाटन समेत गर्नु भएको थियोे । वडाभेला भएको स्थान नेता शाहको वडा समेत भएकोले पार्टी फुटको खासै प्रभाव देखिएन । देशमा केपि वलिलाइ बन्धक बनाउन खोज्दा यो अवस्था सृजना भएको जनाएको छ । त्यसैले ताजा जनादेश वाहेक अरु विकल्प नरहेको यो नै विश्वको नमुना उत्तम उपाए रहेको भनाइ रहेको थियोे ।

कार्यकर्ता माझमा उहाँले हरेस नखान र सहि बाटोमा लागेर सहयोग गर्न जोड रहेको थियोे ।हरेस भन्दा उत्तसाहित हुन उहाँको जोड थि।राजनीति कुरा भन्दा धेरै समय विकासका सवालमा नेता शाहको धारण रहेको थियोे । सल्यान क्षेत्र नं १ मा शिक्षाको भौतिक पुर्वाधार, सडक, खानेपानी, विजुली र अस्पताल तय गर्ने कुरामा आफ्नो अरु भन्दा वढ्ता देन रहेको जनाउनुभयो ।

त्यसैगरी प्रदेश राजधानी जोड्ने सडक उचाल्ने, छापा मैदु, घाँजरी हँुदै सल्लिवजार तथा आइतबार उद्घाटन गरिएको सदरमुकाम जोड्ने सडक आफ्नै पालामा स्तरवृद्धि हुने र सल्यान खलंगा हँुदै कुपिण्डे वालुवासँग्रही भएर मदन भण्डारी राजमार्ग ल्याउने कुराको समेत पहल भैरहेको जनाएको छ ।

आफुले सुरुवात गरेको विकास आफुबाटै पुरा हुने जनाएको छ । वडा भेला तथा प्रशिक्षणका प्रमुख अतिथि समेत रहेका शाहले नेपाली कांग्रेस छोडी नेकपा प्रवेश गर्ने टोपवहादुर राना, धनविर रोका, सुशिलि रोका, नरवहादुर रोका र डिल्लीवहादुर दमाईलाई फुलमालले स्वागत गरी प्रवेश गराउनु भएको छ ।

त्यसैगरी जिल्ला पार्टी अध्यक्ष गोविन्द कुमार पुन, जिल्ला कमिटी सदस्य आसा ओली, नगर कमिटी सचिव गञ्जमान वुढा, नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन,अनेरास्ववियुका भखरै मनोनित केन्द्रीय सदस्य राजेश ओली, शिक्षक संगठन नगर संयोजक नारद घर्ती, नगर सदस्य टोपवहादुर विसि, विनायक केसि, युवा संघका कृष्ण विसी लगायतका वक्ताले धारणा राख्नुभएको थियोे ।

सोही कार्यक्रम प्रकाश वलि अध्यक्ष र सचिवमा रिमवहादुर रोका गरि २३ सदस्य वडा कमिटी गठन गरिएको छ । साथै प्रकाश वस्नेतको अध्यक्षता वडा स्तरीय युवा संघ गठन गरिएको छ । वडा कमिटी अध्यक्ष प्रकाश ओलीको अध्यक्षतामा भएको वडा भेलाको सञ्चालन सरोज खड्काले गर्नुभएको थियोे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *