‘राजनीति र विकासलाई जोडन सके जनताको मुहार फेरिन्छ’

दुर्गा विसी, सल्यान १८ माघ ।
नेकपाका केन्द्रीय सदस्य गुलावजंग शाहले राजनीति र विकासलाइृ जोडन सके जनताको मुहार फेरिने बताएका छन् । नेकपा बनगाड कुपिण्डे नगरपालिका वडा ७ को वडा भेलालाई सम्वोधन गर्दै उनले जनता र विकास एक सिक्काको दुइ पाटा भएको बताए ।
‘देशमा केपि ओलीलाइ बन्धक बनाउन खोज्दा यो अवस्था श्रजना भएको हो ।’ नेता शाहले भने, ‘त्यसैले ताजा जनादेश वाहेक अरु विकल्प छैन ।’
कार्यकर्ता माझमा उनले हरेस नखान र सहि बाटोमा लागेर अघि बढन आग्रह गरे । सल्यान क्षेत्र नं १ मा शिक्षाको भौतिक पुर्वाधार, सडक, खानेपानी, विजुलि र अस्पताल निर्माण गर्न आफ्नो अरुको भन्दा बढि योगदान रहेको सांसद शाहले दाबी गरे ।
वडा भेला तथा प्रशिक्षणका प्रमुख अतिथि समेत रहेका शाहले नेपाली कांग्रेस छोडि नेकपा प्रवेश गर्ने टोपवहादुर राना, धनविर रोका, सशिलि रोका, नरवहादुर रोका र डिल्लीवहादुर दमाईलाई फुलमालाले स्वागत गरि प्रवेश गराए ।
त्यसै गरि जिल्ला पार्टी अध्यक्ष गोविन्द कुमार पुन, जिल्ला कमिटी सदस्य आसा वलि, नगर कमिटी सचिव गञ्जमान वुढा, नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश वलि, शिक्षक संगठन नगर संयोजक नारद घर्ती,नगर सदस्य टोपवहादुर विसि,विनायक केसि,युवा संघका कृष्ण विसि लगाएतका वक्ताले धारणा राखेका थिए ।
कार्यक्रममा प्रकाश वलि अध्यक्ष र सचिवमा रिमवहादुर रोका गरि २३ सदस्य वडा कमिटी गठन गरिएको छ । साथै प्रकाश वस्नेतको अध्यक्षता वडा स्तरीय युवासंघ गठन गरिएको छ । वडा कमिटी अध्यक्ष प्रकाश वलिको अध्यक्षतामा भएको वडा भेलाको सञ्चालन सरोज खड्काले गरेका थिए ।

‘राजनीति र विकासलाई जोडन सके जनताको मुहार फेरिन्छ’

राजनीति र विकासलाई जोड्न सके जनताको मुहार

‘राजनीति र विकासलाई जोडन सके जनताको मुहार फेरिन्छ’

सेनाको बख्तरबन्द गाडीले माघ १९ गते राति

Leave a comment

Your email address will not be published. Required fields are marked *