२०८२ बैशाख १७ गते
×

Now Playing

नेपाल पत्रकार महासंघ सल्यानको पाँचौ साधारणसभा

दुर्गा विसी
सल्यान, १७ माघ ।
पत्रकार महासंघ सल्यान जिल्ला शाखा सल्यानको ५ औं साधारणसभाको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्दै पत्रकारिता क्षेत्र चुनौती संगै सम्भावना बोकेको पेशा भएको बताउनुभएको छ । पत्रकारलाई काम गर्न थुप्रै चुनौती भएको बताउदैँ उहाँले चुनौती भित्र पनि सम्भावनाको खोजी गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको ५ औँ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समाजले बिश्वास गर्ने र आवाज विहिनको आवाजको रूपमा पत्रकारले काम गर्ने भएकाले पत्रकारिता पेशा अंगालेर काम गर्न चुनौती भएको उहाँले बताउनुभएको हो ।

मन्त्री ज्वालाले पत्रकारले आर्थिक लोपमा लाग्न नहुने बताउनुभयो । उहाँले जनजीविका, विकास र पछाडी परेका वर्ग र समुदायलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । मिडियामा राजनीतिक विषयलाई मात्र महत्व दिँदा विकास र पछाडी परेका वर्गका विषयले कम महत्व पाएकाले त्यसतर्फ पत्रकारको ध्यान जानु पर्ने उहाँको भनाई छ ।

मन्त्री ज्वालाले संसद विघटन गर्ने अहिलेको आवश्यकता नभएको बताउनुभयो । आफ्नै स्वार्थ पुरा गर्नको लागि संसद विघटन गरियो, यो अलोकतान्त्रिक र असंवैधानिक कदम हो, उहाँले भन्नुभयो तर सरकारले जनमत बिपरितको कार्य भयो । उहाँले लामो संघर्ष र छलफलबाट प्राप्त संविधान अपहरित भएको बताउनुभयो ।

त्यस्तै कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले पत्रकारले खोजमुलक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय निष्पक्ष र खोजमुलक पत्रकारिता हराउँदै गएको बताउदैँ उहाँले नागरिकको मन जित्ने गरी काम गर्न सुझाव दिनुभयो । पत्रकारिता क्षेत्र निकै जोखिम हो । यो पेसाले आज देशमा आमुल परिवर्तन ल्याएको औंल्याएको थियोे । त्यसैले पत्रकारिता शुद्ध समाज सेवा रहेको समेत जनाएको छ ।

निश्पक्षता, निडर स्वतन्त्र भएर राम्रो वा नराम्रो कामको चिरफार गर्न संसद शाहको जोड थियोे । देशमा ताजा जनादेशमा जाँदा त्यो प्रतिगामी नभएर अग्रमन भएको उहाँको दावि छ । चुनावमा जाने कुरा पश्चगमन नभएर त्यो विश्वको राम्रो नमुना काम भएको उहाँको भनाई थियो । त्यस्तै शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारीले पत्रकार महासंघको संस्थागत विकासको लागि नगरपालिकाले काम गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्वय टेकराज शाही, पूर्ण प्रसाद चौलागाईं, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका सल्लाहकारद्वय रमेशकुमार गौतम र सनत कुमार शर्मा, प्रेस युनियनका केन्द्रिय सदस्य युबराज रेग्मी लगाएतकाले बोल्नुभएको थियो । नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष प्रगति कुमारी गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचीव शंकर केसीले गर्नुभएको थियो ।

पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित
सल्यानमा क्रियाशिल तीन जना पत्रकार सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ सल्यानको ५ औँ साधारणसभाको अवशरमा विभिन्न पत्रकारिता पुरस्कार तीन जना पत्रकार सम्मानित हुनुभएको हो ।

जसमा ५० हजार ५१ रुपैयाँ राशीको हरिशरण आचार्य संस्थापक पत्रकारिता पुरस्कारबाट मिना बुढाथोकी, ५० हजार राशीको अजिता स्मृति पत्रकारिता पुरस्कारबाट दिपक शर्मा र १५ हजार राशीको शालिकराम शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट बिप्लव महर्जन सम्मानित हुनुभएको हो ।

नेपाल पत्रकार महासंघ सल्यानको पाँचौ साधारणसभा

YUGAAWHAN NATIONAL DAILY (2077-10-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *