काठमाडौँमा भेटियो बर्ड फ्लु

काठमाडौं, १७ माघ ।

काठमाडौँको फुटुङमा बर्ड फ्लु भेटिएको छ। तारकेश्वर नगरपालिका–७, फुटुङमा हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ। फुटुङबाट संकलन गरिएको नमूनाको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्ड फ्लु देखिएको विभागले जनाएको छ।

शुक्रबार बर्ड फ्लु पुष्टि हुने बित्तिकै सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको विभागले जनाएको छ। विभागले १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्टा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ।

भारतमा बर्ल्ड फ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुहरुको आयातमा रोक लगाउँदै आएको थियो। काठमाडौँमै बर्ड फ्लु देखिएपछि थप कडाइ गर्ने विभागले तयारी गरिरहेको जानकारी दिएको छ।

काठमाडौँमा भेटियो बर्ड फ्लु

ओलीको सरकार आएपछि निर्मलाको बलत्कार भयो : 

काठमाडौँमा भेटियो बर्ड फ्लु

YUGAAWHAN NATIONAL DAILY (2077-10-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *