टि(२० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

टि(२० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ युएईमा जारी टि(२० विश्वकपमा समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाले उक्त लक्ष्य ३ विकेट गुमाएर १८ बल बाँकी हुँदा नै पूरा गर्‍यो। लगातार दोस्रो जितसँगै अस्ट्रेलियाको सेमिफाइन सम्भावना बलियो बनेको छ।

मध्यम स्कोर तयार गर्ने क्रममा श्रीलंकाका कुशल परेरा र चरिथ असलन्काले समान ३५(३५ रनको स्कोर बनाएका थए। त्यसबाहेक भानुका राजापक्षले ३३ रन बनाए भने थप दोहोरो रनको स्कोरका रुपमा डसुन सनाकाले १२ रन बनाएका थिए। अस्ट्रेलियाका लागि मिचेल स्टर्क, प्याट कमिन्स र एडम जाम्पाले समान २(२ विकेट लिएका थिए।

१५५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ४२ बलमा ६५ रन बनाए। त्यस्तै कप्तान एरोन फिन्चले ३७ रन बनाए। त्यस्तै स्टिभ स्मिथ २८ रनमा अविजित रहँदा उनलाई मार्कुस स्टोइनिसले १६ रन बनाएर साथ दिए। श्रीलंकाका लागि वानिन्दु हसरङ्गा डि सिल्भाले दुई विकेट लिए।

टि(२० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाडलाई

टि(२० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

सामाजिक सञ्जाल फेसबुक कम्पनीको नाम परिवर्तन

Leave a comment

Your email address will not be published. Required fields are marked *