एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन, मन्त्री छान्ने जिम्मा उनैलाई

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष नेपाललाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको सांसद् विरोध खतिवडाले जानकारी दिए।

नेपाललाई संसदीय दलको नेताको रूपमा स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले प्रस्ताव गरेका थिए। यस्तै, बैठकले राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको उनले बताए।

बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ। समितिमा भवानी खापुङ, निरादेवी जैरू, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी रहेको सांसद खतिवडाले बताए। यस्तै, बैठकले मन्त्री छान्ने जिम्मा संसदीय दलको नेता नेपाललाई दिएको उनले बताए।

सांसद खतिवडाले भने, ‘अहिले बैठकले बारम्बार बैठक बस्न सकिने अवस्था छैन। त्यसैले मन्त्री छान्ने जस्ता कुरा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका छौँ।’

गठबन्धनमा मन्त्रालयको बिषयमा कुनै विवाद नभएकाले अब मंगलबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले बताए। उनले मन्त्री बन्नको लागि कसैले बिवाद नगरेकोसमेत जिकिर गरे।

आफ्नो समूह छाडेर मुख्यमन्त्री बनेका प्रदेश १ का भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार उनीहरूको भूमिकामा निर्भर रहेन उनले स्पष्ट पारे।

‘उहाँहरूले अझै दल रोज्न पाउने अधिकार छ। तर, अब उहाँहरूले एमाले नै रोज्नुभयो भने स्वभाविक रूपमा गठबन्धनको सरकार गठन प्रक्रिया अघि बढ्छ’ उनले भने।

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन, मन्त्री छान्ने जिम्मा उनैलाई

आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन, मन्त्री छान्ने जिम्मा उनैलाई

इंग्ल्याण्डविरुद्ध भारतको लज्जास्पद हार

Leave a comment

Your email address will not be published. Required fields are marked *