ट्याक्टरबाट खसेर मृत्यु

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० टोटीका अन्दाजी ५५ वर्षीय श्रीराम चौधरीको गएराति सु प प्र ०२१ त १३१४ नम्बरको ट्याक्टरबाट खसेर मृत्यु भएको छ।

बुधवार साँझ खेतबाट धान थ्रेसिङ गरी घर फर्कने क्रममा चौधरी ट्रयाक्टरबाट खसेका हुन्। तत्कालै उपचारका लागि उनलाई कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो।

उपचारका क्रममा राति १२ बजे चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

ट्याक्टरबाट खसेर मृत्यु

पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना संक्रमण,

ट्याक्टरबाट खसेर मृत्यु

शहरी विकास मन्त्री झाँक्री अस्वस्थ, वीर अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *