कृषि र पशुपालनमा सम्भावना खोजेका छौं : दार्मा गाउँपालिका अध्यक्ष केसी

निमबहादुर केसी
अध्यक्ष, दार्मा गाउँपालिका, सल्यान
सल्यान जिल्लाको दार्मा गाउँपालिका पूर्वाधार, मानव संशाधन विकास जस्ता हिसावले पछाडी परेको गाउँपालिका भए पनि यहाँको प्राकृतिक स्रोत साधनको हिसावले अत्यन्तै विकासको सम्भावना बोकेको गाउँपालिका हो । यस गाउँपालिकाले जनप्रतिनिधि पाएको साढे तीन वर्ष भइसकेको छ । यस अवधीमा दार्मा गाउँपालिकामा विकास निमार्ण, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा के कति काम भएका छन् त ? यीनै विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश :
हिजोआज के गर्दै हुनुहुन्छ ?
हाम्रो गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएका बेरोजगार युवालाई काममा लगाउने र विभिन्न कार्यक्रमहरुको अनुगमन गर्ने कार्यमा व्यस्त छौं । गाउँपालिकाबाट दिने सेवा प्रवाह पनि दिँदै आइरहेका छौं । जनताको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने काममा व्यस्त छौं ।
तपाइँ निर्वाचित भएयता गाउँपालिकामा के परिवर्तन आएको छ ?
हामी निर्वाचित भएर आएपछि दार्मा गाउँपालिकामा देखिएको पहिलो काम भनेको खानेपानी समस्या समाधान नै हो । हामीले सुरुमा यहाँ खानेपानी निमार्ण लागि कति बजेट आवश्यक पर्छ भनेर डीपीआर ग¥यौं । ४६ करोड लाग्ने देखिएपछि हामीले निमार्ण कार्य सुरु गरेका हौं ।
साढे तीन वर्षको अवधीमा हामीले १४ करोडको खानेपानीका कामहरु गरेका छौं । दार्मा गाउँपालिकाको सिमानाबाट १५ किलोमिटर विद्युत्को लाइन त्यसलाई हामीले पालिकाको सिमानासम्म ल्याउन डेढवर्ष लाग्यो ।
अर्काे काम भनेको सडक सञ्जाल विस्तार हो । हामीले सडकहरुको स्तरीकरण गरेका छांै । स्तरीकरण गरेर पालिका सडक, बस्ती सडक र कृषि सडक गरी वर्गिकरण गरेर निमार्ण गरेका छांै । शिक्षण केन्द्र, पालिका केन्द्र र स्वास्थ्य केन्द्रसम्म सडक जोड्ने काम गरेका छौं । स्वास्थ्यको क्षेत्रमा हामीले दार्मा गाउँपालिकाको तीन वटा वडामा मात्र स्वास्थ्यचौकी थियो । शिक्षाको क्षेत्रमा पाठ्यक्रममा आधारित पठनपाठन गराउन र स्थानीय पाठ्यक्रमलाई जोड दिनुपर्छ भनेर स्थानीय पाठ्यक्रम पनि बनाएर लागु गरेका छौं । शिक्षा ऐन गराएका छौं । पालिकाबाट अभाव भएको विद्यालयमा शिक्षक पनि पठाएका छौं । अझै पूर्वाधारको विकासमा अपुग छ ।
त्यसका लागि पनि हामीले काम गर्दै छौं ।
सल्यान जिल्लाको सबैभन्दा बढी कृषि क्षेत्रमा दुध उत्पादन हुने दार्मा गाउँपालिका हो । हामीले पालिकाको वडा नम्बर १ र ५ लाई दुग्ध उत्पादनको पकेट क्षेत्र मानेका छौ र डेरी पनि सञ्चालन गरेका छौं । सहकारी मार्फत भैसीको संख्या बढाउने र दुध संकलनका लागि सहकारीलाई जीप उपलब्ध गराएका छौं । बाँकी वडामा खरी जातको बाख्रा सोधकेन्द्र पनि स्थापना गरेका छांै । समग्रमाभन्दा हामीले दिगो विकास, दिर्घकालिन विकास र तीव्र विकासको जग खडा गरेका छौं ।
महिलाको क्षेत्रमा के काम गर्नुभयो ?
हाम्रो गाउँपालिकामा खानेपानीको मुख्य समस्या थियो । खानेपानी लिन महिला दिदीबहिनी विहानै उठेर निकै टाडा जानुपथ्र्यो । त्यसले महिलाको समय र स्वास्थ्यमा बाधा पु¥याइरहेको थियो । हामीले त्यो बाध्यतालाई सहज बनाएका छौं । टोलटोलमा पानी पु¥याएर । यो पनि महिलाकै लागि सहजका लागि गरेको काम हो ।
हामीले महिला ससक्तीकरण र क्षमता विकास र महिलाहिंसा रोक्ने काम पनि गरेका छांै । घरेलुहिंसा कम गर्न महिलाहरुलाई रोजगारीमा जोड दिएका छौं । हामीले दुई दुई वडा समेटेर महिलाहरुको मात्र सहकारीहरु सञ्चालन गरेका छौं । सहकारीको भवन बनायौ र गाडी पनि दियौं । अहिले महिलाहरुले सहकारी, डेरी सञ्चालन गरिरहनु भएको छ । उक्त सहकारीमा बचत गर्न, सीप सिक्न र उहाँहरुलाई आत्मनिर्भर बनाएका छौं ।
गाउँपालिकामा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?
हाम्रो गाउँपालिकाको समृद्धिको सम्भावना र आधार भनेको कृषि र पशुपालन हो । सानो भुगोलमा धेरै जनसंख्या रहेको छ । उनीहरुलाई दक्ष बनाउने, सीप सिकाउने र उत्पादनमुलक काममा लगाउने र उद्यमी बनाउने हाम्रो उद्देश्य हो । पराम्परागत खेतीपाती र पशुपालनलाई आधुनिकरण गर्ने हो ।
विकासमा के कस्ता चुनौती आउँछन् ?
आवश्यकता र मागहरु असिमित छन् । सिमित स्रोत साधनहरु छन् । स्थानीय स्रोत साधन प्रयोग गरेर हामीले विकास गर्ने हो । पहिलो वर्ष संविधान आचारसंहिताले समस्या भयो । दोस्रो वर्ष कोरोना महामारी र अहिले देशमा राजनितीक अस्थितरताले गर्दा काम गर्नलाई समस्या भएको छ । संघ र प्रदेशबाट आउनु पर्ने ऐन नितीहरु नआउँदा पनि केही समस्या भएको छ ।
गाउँपालिकामा मुख्य समस्या के छन् ?
यहाँको मुख्य समस्या र आवश्यकता भनेको खानेपानी नै हो । त्यसमा हामीले करोडौं लगानी पनि गरेका छांै । दोस्रो समस्या भनेको विद्युतीकरण हो । हामीले विद्युत् विस्तारका लागि पनि तिव्र रुपमा काम अघि बढाइरहेकै छौं । सडकको स्तरोन्नती नहुनु हो । यसका लागि संघ र प्रदेशबाट बजेट नपाउँदा केही समस्या छन् । स्थानीयहरुले उत्पादन गरेको बस्तुलाई आधुनिकीकरण गर्न सकिरहेका छैनन् । त्यो पनि समस्या नै हो । रोजगारीको समस्या पनि छ ।
संघ, प्रदेश र स्थानीय तहसँग कसरी समन्वय गर्नुभएको छ ?
संघबाट आउनुपर्ने समानीकरण अनुदान त आइहाल्छ । त्यसमा समस्या हुँदैन । प्रदेशबाट आवश्यकताका विकासहरु नीतिगत हिसावले आउनुपर्ने हो । त्यो नभइकन प्रदेश सरकारले साना साना विकेन्द्रित विकासहरु योजनाहरु पनि तोकेरै हाल्दा विकासमा तालमेल मिल्दैन । गाउँसभा र नगरसभाबाट पारित भएर गएको अनुसार बजेट नआउँदा समस्या छ । ठुला योजनामा संघ र प्रदेशले हामीलाई नहेर्दा समस्या भएको छ । सिस्टमबाट आउने बजेटमा समस्या छैन । तर पहुँचबाट आउने बजेट तथा अनुदानमा समस्या नै छ ।
युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?
हाम्रो गाउँपालिकामा चारहजार पाँचसय ५६ जना वेरोजगार सुचिकृत भएका छन् । नेपालमा सबैभन्दा बढी सुचिकृत वेरोजगार र पहिलोपटक वेरोजगारले सबैभन्दा धेरै रोजगार पाउने गाउँपालिकामा हामी परेका छौं । करिव चार करोडभन्दा बढी बजेट प्राप्त पनि गरेका थियौं । कोरोनाका कारण लोकसेवा बन्द हुँदा पनि वेरोजगारको संख्या थपिएको हो । हामीले प्रधानमन्त्री रोजगार मुख्यमन्त्री रोजगारमार्फत रोजगारी दिने गरेका छांै । निमार्ण सामाग्री पनि दिने भएका कारण पालिकाबाट थप बजेट दिनु परेको छ । अर्काे कृषि, पशु, उद्यमशिलता बनाउन तालिम दिने काम पनि भइरहेको छ । (२०७७ माघ १४ गते बुधबार युगअाव्हान राष्टि्य दैनिकमा प्रकाशित)






