जसपाले प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्‍यो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारबाही गर्ने निर्णय गरेको छ। बुधबार बसेको कार्यकारिणी समितिको बैठकले नेता यादवलाई कारबाही गर्ने निर्णय गरेको हो।

अर्को निर्णय नआएसम्म यादवलाई केन्द्रीय समितिबाट निष्कासन गरिएको जसपा नेता मोहमद इस्तियाक राईले बताए।

उनले भने, ‘पार्टीविपरीत गतिविधि गरेको भन्दै उहाँलाई पार्टीले स्पष्टीकरण सोधिएको थियो। सोहीअनुसार पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो।’

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट आफूलाई सहभागी नगराएको भन्दै पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको उनलाई आरोप लागेको थियो।

जसपाले प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्‍यो

कुवेतमाथि नेपालको प्रभावशाली जित

जसपाले प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्‍यो

लैङ्गिक हिंसाको सुरुवात ठट्टाबाटै हुन्छु

Leave a comment

Your email address will not be published. Required fields are marked *