केपि ओली गफाडी हुन, एमाले कम्युनिस्ट पार्टी हाेइन : नेपाल

सल्यान पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपि ओलीले कम्युनिष्टको खोल ओडेर ओलीले गफ मात्रै लगाउने गरेको बताउनुभयाे। ‘ओलीले पार्टीमा मनपरी तन्त्र चलाए, यसले पार्टीलाई भलो गर्दैन्, दुइतिहाइ प्राप्त पार्टी अहिले सरकार बाहिर रहेको छ’ उनले भने ‘यसरी पार्टी चल्दैन भनेर नै हामीले बिद्रोह गरेका हौँ, यसको शुरुवात कर्णालीबाट भएको हो ।’ कम्युनिष्टको खोल ओडेर ओलीले यसरी गफ लगाउदैँमा कम्युनिष्ट हुनै नसक्ने उहाँको भनाई छ । पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे। जनतालाई आश्वासन दिने तर जनभावना बिपरित काम गर्ने भएकाले ओली गफाडी समेत भएको बताउनुभयाे । ओलीकै अहमता र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जना भएको उहाँको भनाइ छ । नेपालले ओलीकै कारण एमाले पार्टीको भबिष्य अन्धकार बनेको र सुर्य चिन्हमा ग्रहण लागेको बताए । पार्टी र देशको बिकास, समृद्धि सँगै संविधान र लोकतन्त्रको रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा उदाएको उहाँले बताउनुभयाे । ‘हाम्रो पार्टीले जितेमा देश र जनताको कल्याणहुने छ’ उहाँले भन्नुभयाे ‘पार्टी प्रति नागरिकको आकर्षण बढेको छ, पार्टी पुर्नगठन अभियान देशभर सञ्चालन भैरहेको छ ।’

केपि ओली गफाडी हुन, एमाले कम्युनिस्ट पार्टी हाेइन : नेपाल

कानुनी ज्ञान नहुँदा न्यायसम्पादनमा जटिलता”

केपि ओली गफाडी हुन, एमाले कम्युनिस्ट पार्टी हाेइन : नेपाल

ठाँटीकाँधमा माेतियाविन्दु शल्यक्रिया शिविर

Leave a comment

Your email address will not be published. Required fields are marked *