भारतीय महिलासँग विवाह गर्दै म्याक्सवेल

अष्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल एक भारतीय महिलासँग बिहे गर्ने सुरसारमा छन्। म्याक्सवेलले गत वर्ष आफ्नी प्रेमिका विनी रमनसँग भारतीय परम्पराअनुसार इन्गेजमेन्टसमेत गरेका थिए। यी दुवै लामो समयदेखि एकअर्कासँग डेट गरिहरहेका छन्।

म्याक्सवेलले गत वर्षको फेब्रुअरीमा इन्सटग्राममार्फत इन्गेजमेन्ट भएको जानकारी दिएका थिए। त्यसको एक महिनापछि उनीहरूले भारतीय परम्पराअनुसार पनि इन्गेजमेन्ट गरेका थिए।

विनी रमन र म्याक्सवेल जतिसक्दो चाँडो विवाह गर्न चाहन्छन्। रमनसँग विवाह गरेमा म्याक्सवेल भारतीय महिलासँग बिहे गर्ने दोस्रो अष्ट्रेलियन खेलाडी बन्नेछन्। उनी अघि सउन टइटले भारतीय मोडल मसुम सँग २०१४ मा बिहे गरेका थिए।

२०१९ मा म्याक्सवेलले आफ्नो मानसिक कारण देखाउँदै क्रिकेट नखेल्ने बताएका थिए। जतिबेला विनीले उनलाई दोस्रोपटक क्रिकेट मैदानमा फर्काएकी थिइन्। म्याक्सवेलका अनुसार उनी निकै खराब मानसिक समस्यासँग जुधिरहेका थिए। जतिबेला उनलाई विनीले साथ दिएकी थिइन्।

म्याक्सवेल र विनी २०१७ देखि एक अर्काको प्रेममा रहेका छन्। विनीलाई २०१९ को एक क्रिकेट अवार्डमा म्याक्सवेलले अस्ट्रेलिया लगेका थिए। केही महिनाअघि यो जोडी युरोप भ्रमणमा निस्किएको थियो। विनी अहिले मेलवर्नमा बस्ने गरेकी छन्।

भारतीय महिलासँग विवाह गर्दै म्याक्सवेल

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *