जन्तीबसको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा गाडी तोडफोड

सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ गइरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

मेलम्ची नगरपालिका ११, बाहुनेपाटी बजारमा भएको दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भई हाल मेरो लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी बासु बस्नेत रहेको प्रहरीले बताएको छ।

सोमबार बिहान करिब ८ बजे बा४ख ७७६६ नम्बरको बसले बा।प्र। ०२, ०२० प ८११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए।

बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन्। घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन्।

जन्तीबसको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा गाडी तोडफोड

YUGAAWHAN NATIONAL DAILY (2078-8-06)

जन्तीबसको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा गाडी तोडफोड

शिक्षा स्वास्थ्य शिक्षामा नवसिर्जना मेला 

Leave a comment

Your email address will not be published. Required fields are marked *