कोरोना अपडेट : १९ सय २० जना संक्रमित भेटिँदा २४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि कोरोनाका १ हजार ९ सय २० जना नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधीमा २ हजार २ सय ४८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन्। नेपालमा हाल कोरोना संक्रमित निको हुने दर ९३ दशमलव ४ प्रतिशत छ।
यस्तै आइतबार २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभरि कुल ३८ हजार ७ सय ५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।






