२०८३ बैशाख २५ गते
×

Now Playing

यूईएफए प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

एजेन्सी : यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।

युरोपको २०२०-२१ को उत्कृष्ट खेलाडीको मनोनयनमा पुरुषतर्फ अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटी (बेल्जियम) का केभिन डी ब्रुने, चेल्सी (फ्रान्स) का एनगोलो कान्टे र चेल्सी (इटाली) का जोर्जिन्हो रहेका छन्।

युइएफएले अगस्त २६ मा टर्कीको इस्तानबुलमा आयोजना हुने अवार्ड समारोहमा विजेताको घोषणा गर्ने जनाएको छ।

युइएफएको वर्ष खेलाडीको चौथो नम्बरमा लियोनेल मेसी, पाँचौ नम्बरमा रोबेर्ट लेवानडोस्की, छैटौ नम्बरमा गियानलुइगी डोन्नारुम्मा, सातौ नम्बर किलियन एम्बाप्पे, आठौ नम्बरमा रहीम स्टरलिङ, नवौं नम्बरमा क्रिस्टियानो रोनाल्डो र दशौ नम्बरमा एर्लिंग हल्याण्ड रहेका छन्।

युइएफएले युरो कपमा खेलेका २४ देशका कोच, च्याम्पियन्स लिग खेलेका ३२ टिम र युरोपा लिग खेलेका ४८ टिमका गरि कुल ८० कोच, युरोपियन स्पोर्ट्स मिडियाले छनौट गरेका ५५ खेल पत्रकार र युइएफ़एका सदस्य देशहरुले मतदान गरेर विजेता छनौट गर्ने जनाएको छ।

यूईएफए प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

खुट्टा गुमाएकी टिकाले कृत्रिम खुट्टा पाएपछि खुसी

यूईएफए प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

धानमा खैरो थोप्ले रोग

Leave a comment

Your email address will not be published. Required fields are marked *