खुट्टा गुमाएकी टिकाले कृत्रिम खुट्टा पाएपछि खुसी हुँदै भनिन्न ‘अब भने स्कुलमा फस्ट हुन्छु’

दुर्गा विसि

सल्यान । ट्रकले खुट्टा कुचेले पछि एउटा खुट्टा गुमाएकी बनगाड कुपिण्डे नगरपालिका वडा ५ निवासी टीका परियार एक संस्थाको सहयोगमा उनको कृतिम खुट्टा तयार भएको छ । हिडुल गर्न नसक्ने अहिले भने मज्जाले कसैको साहारा विना हिड्न सक्ने भएकि छन् ।

७ वर्ष अघि तिहारको समयमा भैली नाच हेर्न वजार गएको वेला उनको दाहिने खुट्टा ट्रकले कुल्चियो र औषधि गर्दा उक्त काटिएको थियोे ।औषधि उपचारका लागि ट्रक व्यवसायी समितिले दिएको २ लाख उठाएर बाबू हिरालाल परियार भने दोस्रो श्रीमति भगाइ भारत छिरे ।

अहिले उनी सम्पर्कमा नरहेको टिकाको आमा सुमित्रा परियारको दुखेसो छ । टीका भने प्रभाकर मावि देवस्थलमा कक्षा ४ मा पढ्छिन ।मामा घरमै वस्दै आएकी टीका भने कहि कसो आफन्तले वोकेर स्कुल छोडिदिन्छन् । पढ्ने रहर हुदाहुदै समेत उनी हिड्न अशक्त हुदा पढाइ छुट्ने गरेको हुन्छ । धेरै स्कुल नगएरै नै कक्षामा दोस्रो हुने अब भने कृतिम खुट्टा भए पछि पहिलो हुने जनाउछिन् ।

किनकि अब भने विद्यालय खुले नियमित पढ्न जाने भएकि छन् । उनको लागि लाखौं रकम खर्चेर अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र वनेपा काभ्रेको ठुलो आर्थिक सहयोगमा उनको सल्याक्रीया पछि कृतिम खुट्टा जडान गरिएको छ । यो कार्यामा ठुलो सहयोग गरिदिने अपांग बाल पुनस्र्थापन केन्द्र सल्यानका प्रतिनिधि तथा सुपरभाइजर होमराज केसिलाइ टिकाकि आमा सुमित्रा भगवान भएको बताउछिन । संस्था र केसिको यो काम प्रती वालिकाको परिवार निकै खुसि बनेको छ ।

उपचार गर्न छाडेर उल्टै वावुले उपचारका लागि दिएको रकम उठाए कान्छी श्रीमति भगाएर भागे पछि दुई छोरि सहित सुमित्रा माइतीघरमा बस्दै आएको वताउछिन ।घरमा पनि वस्न नदिइ भगाएको उनको दुखेसो छ ।अपांग छोरिको चिन्तामा पिरोलिएकी उनी अहिले भने थोरै साहस पलाएको बताउने गरेकि छन् ।

छोरि आफै हिडुल गर्न सक्ने भए पछि केही मन शान्त रहेको उनको भनाइ छ ।पापि श्रीमान अर्को लिइ भागेको छ ।छोरिको उपचारका लागि दिएको रकम समेत उठाइ फरार रहेको उनको दुखेसो छ । ४ महिना वनेपा अपांग बाल अस्पतालमा उपचार पछि छोरिको खुट्टाको समस्यामा धेरै प्रगति भएको उनको भनाइ छ । हाल टीका सल्लिवजारमा रहेको आमासँगै मावलिमा वस्दै आएकी छन् ।

खुट्टा गुमाएकी टिकाले कृत्रिम खुट्टा पाएपछि खुसी हुँदै भनिन्न ‘अब भने स्कुलमा फस्ट हुन्छु’

जसलाई साइकलले करोडौंको मालिक बनायो

खुट्टा गुमाएकी टिकाले कृत्रिम खुट्टा पाएपछि खुसी हुँदै भनिन्न ‘अब भने स्कुलमा फस्ट हुन्छु’

यूईएफए प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *