चितुवाको आक्रमणबाट बर्दियामा बालिकाको मृत्यु

बर्दिया : चितुवाको आक्रमणमा परी बर्दियामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। राजापुर नगरपालिका-१० भगतपुरकी कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीवार साँझ ७ बजे घर नजिकै मकैबारीको छेउमा खेलिरहेको बेला जंगलबाट आएको चितुवाले कमलालाई आक्रमण गरी घाइते बनाएको थियो। उनलाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

पछिल्लो समय बर्दियामा जंगली जनावरको आक्रमणका घटना बढ्दै गएको छ। निकुञ्ज, डिभिजन वन तथा जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई जंगल प्रवेश नगर्न तथा सामुदायिक वन छेउछाउका स्थानीयलाई सतर्कता अपनाउन पटकपटक आग्रह समेत गर्दै आएका छन्।

चितुवाको आक्रमणबाट बर्दियामा बालिकाको मृत्यु

सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

चितुवाको आक्रमणबाट बर्दियामा बालिकाको मृत्यु

जसलाई साइकलले करोडौंको मालिक बनायो

Leave a comment

Your email address will not be published. Required fields are marked *