सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

सल्यान : सल्यानमा गत आर्थिक वर्षमा करिब २ करोड लिटर दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको छ।

कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ। यसबाट ९५ लाख १५ हजार रूपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जानकारी दिए।

पछिल्लो समय सल्यान दूधमा आत्मनिर्भर भएको उनको भनाइ छ। जिल्लामा वार्षिक १८ हजार ९ सय ९८ मेट्रिक टन दूध जिल्लामै खपत हुने गरेको उनले बताए। जाडो याममा केही घटे पनि अन्य समयमा भने पर्याप्त दूध उत्पादन हुने गरेको जानकारी उनले दिए।

दूध उत्पादन अझै बढाउन कार्यालयले शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका, बागचौर नगरपालिका र दार्मा गाउँपालिकालाई ‘दूध पकेट क्षेत्र’ घोषणा गरेको छ। स्थानीय तहले पशुपालनमा अनुदान दिएकाले पनि दूध उत्पादन बढेको उनको भनाइ छ।

सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

कार्टुन

सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

चितुवाको आक्रमणबाट बर्दियामा बालिकाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *