आयरल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको जीत

काठमाडौं । आयरल्याण्डसँगको पहिलो टी–ट्‍वान्टी क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ।​

आयरल्याण्डको द भिलेज स्टेडियममा भएको खेलमा घरेलु टोली ३३ रनले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६५ रन बनाएको थियो।

१६६ रनको लक्ष्यसहित ब्याटिङ गरेको आयरल्याण्ड २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमा समेटिन पुग्यो। ​

आयरल्याण्डलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका बलर ट्याबरेज साम्सीले आफ्नो व्यक्तिगत चार ओभरमा २७ रन खर्चिदै चार विकेट लिए।

तीन टी–ट्‍वान्टी खेलको श्रृंखलामा यो जीतसँगै साउथ अफ्रिकाले १–० ले अग्रता लिएको छ। दोस्रो खेल भने जुलाई २२ मा हुँदैछ।

आयरल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको जीत

महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त

आयरल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको जीत

महिला फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *