जसले जे भनोस् प्रियंकालाई बालै फररर…

काठमाडौं । बिहे गर्दाको खबर सार्वजनिक गर्दा होस् या आमा बन्न लागेको खबर । चलचित्र सार्वजनिक गर्दा होस् या विदेश घुमघामका बेला ।
अवार्ड समारोहमा पुग्दा होस् या म्युजिक भिडियो छायांकनका समयमा । जे गर्दा पनि प्रियंका कार्कीको खुबै चर्चा हुन्छ । तर, अधिकांश चर्चा नकारात्मक किसिमले हुने गर्छ ।

विवादास्पद अभिव्यक्तिले पटक–पटक विवादमा तानिएकी यी अभिनेत्री पछिल्लो समय भने केहि दिन बिराएर विभिन्न तस्विर सार्वजनिक गरिरहेकी छन् ।
तर, उनले सार्वजनिक गर्ने तस्विरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया अत्यधिक आउने गरेका छन् । भन्नेले त नेपालमा पहिलोपटक बच्चा जन्माउँदै प्रियंका कार्की समेत भन्ने गरेका छन् ।
तर, जसले जे भनोस् प्रियंकालाई बालै फररर… । गसिपमा रमाउने बानी पारेकी प्रियंका भने जति–जति नकारात्मक चर्चा हुन्छ त्यति तक्मा दिने खालका अभिव्यक्ति, प्रचार र तस्विर सार्वजनिक गरेकी हुन्छिन् ।

पछिल्लो समय उनले आफू गर्भवती भएको खबर र त्यसँग सम्वन्धित तस्विरहरु नियमित सार्वजनिक गरिरहेकी छिन् ।
अब बच्चाको जन्मदिन नजिकिएसँगै प्रियंकाले आजै अर्को तस्विर सार्वजनिक गरेकी छिन् । सार्वजनिक तस्विरमा उनी साथिहरुसँग स्विमिङ पूलमा रमाएको देख्न सकिन्छ ।

प्रियंकाले सार्वजनिक गरेका यी तस्विरहरुमा पनि निकै हांस्यापद प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रिया रमाइला खालका छन् ।
यसअघि अमेरिकामा बस्ने रोचक मैनालीसँग बिहे गरेकी प्रियंकाले अभिनेता आयुषमान देशराजसँग बिहे गरेकी छन् । सन्तान जन्माउने पक्का भएसँगै आयुष्मान प्रियंका जोडी निकै खुसी छ ।







